मेगमन बुढा मंगलबार, मंसिर ०७, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा आउँनु भएका नव प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेललाई सोमबार एक कार्यक्रमको बीचमा गाउँपालिकाले स्वागत गरेको छ ।

गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा दाङ जिल्लाकै दंगिशरण गाउँपालिकाबाट सरुवा भएर आउँनु भएका नव अधिकृत पौडेललाई गापा अध्यक्ष,वडा नम्बर ६ का अध्यक्ष तथा गापा प्रवक्ता श्याम बहादुर रोका,लेखा अधिकृत भरतमणि पोख्रेल,कार्यपालिका सदस्य दिलमती ओलि,लगायत जनप्रतिनिधि,वडा पालिका,स्वास्थ्य एवं गापाको विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरुले अबिर,फुलमाला लगाएर भब्य स्वागत गर्नु भएको थियो ।

उक्त स्वागत कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका अध्यक्ष केसीले नव अधिकृत पौडेललाई स्वागत गर्दै समग्र राजपुर गाउँपालिकाको विकास निर्माणका लागि बनाइएका निति तथा योजनाका कार्यक्रमलाई अघि बढाउन र कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृतको कार्यकारी जिम्मेवारी हुने भएको हुँदा आगामी दिनमा राजपुर गाउँपालिकाको हरेक योजनालाई सहजीकरण गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।

नव अधिकृत पौडेलले गाउँपालिकाको प्रशासनिक जिम्मेवारी ग्रहण गर्दै भन्नू भयो । स्थानीय तहमा मलाई लामो समयको अनुभव भएको हुँदा गाउँपालिकाको विकास निर्माणको काम कार्यलाई निरन्तर अघि बढाउनको लागि जनप्रतिनिधि र कर्मचारीको राम्रो साथ सहयोग रहेमा गाउँपालिका भित्रका कुनैपनि योजनाका काम कार्यहरुलाई अधुरो रहन नदिने बताउनु भयो । उक्त स्वागत कार्यक्रमको संचालन गाउँपालिकाको प्रशासन शाखा अधिकृत महेश थापा ठेडि मगरले गर्नु भएको थियो ।

त्यस्तै स्वागत कार्यक्रम पछि,नव प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गाउँपालिकामा कार्यरत कर्मचारीसंग स्टाफ बैठक बस्नु भएको छ । उहाँले कर्मचारीहरुसंगको बैठकमा गाउँपालिकाद्वारा हालसम्म के कस्ता योजनाहरु सम्पन्न भए,कति हुँदै छ । हुने अब कति बाँकी छन् भनेर सो विषयमा विशेष छलफल गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]