
Ppu
Ksb
jsb
Ksb
Fmb
Bsn
Csb
Ssb
Tgp
Usb
Ssb
Rks
Gsb
Ksb
Rsb
Nsb

Tsb
Usb
Gsb
Hl1
Ssb

Nps
ptl
Rgu
दाङ । देउखुरीको गढवा स्थित जनता माध्यमिक बिद्यालयले आइतवार विविध कार्यक्रमका स आइतवार सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलको अध्यक्षतामा सुरु भएको बार्षि उत्सवको उद्घाटन प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले गर्नु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद चौधरीले राष्ट्रको समग्र बिकास र समृद्धिको मुख्य आधार शिक्षा क्षेत्र भएको बताउदै बिद्यालयको शैक्षिक उन्नयनकालागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । सो अवसरमा बिदालयमा स्थापना गरिएका बिभिन्न अक्षयकोषका पुरस्कारहरु वितरण गरिएको थियो । जस अनुसार कतार देउखुरी सम्पर्क मंचले स्थापना गरेको हरि बहादुर बस्नेत स्मृति कोषबाट एसईईमा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने सुजाता पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरि शोभादेवि–शोभाखर स्मृति पुरस्कार महिबुन निशा,शुभकाल–फर्सराम स्मृति पुरस्कार मनोज चौधरी र चुमा गोराथोकी र ऋषिराम नूमादेवि स्मृति पुरस्कार जेहेन्दार छात्रा संगीता पराजुली लाई प्रदान गरिएको छ । त्यस्तै बिद्यालयले नेपाल रेडक्रस सोसाइटी इन्कोर परियोजना,सिपी नेपाललाई संस्थागत सम्मान गरेको छ भने उत्कृष्ट अभिभावकमा तेजप्रसाद न्यौपाने र लक्ष्मी खबासलाई सम्मान गरेको छ । बिद्यालयले उत्कृष्ट शिक्षक कृष्णबहादुर हमाल र पुराना कर्मचारी निमबहादुर चौधरीलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर,शिक्षक अभिभावक संघका अधयक्ष जगतराम यादव,बिब्यसका पुर्व अध्यक्ष रेशम बहादुर बिसी, गढवा बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरे,बुद्धज्योति माबिका प्रिन्सीपल बसन्तराज भट्टराई,शुभतारा बोर्डिङका प्रिन्सीपल बिकास रजौरे,शिक्षाप्रेमी समाजसेवीहरु क्पिलदेव खनाल,उमाकान्त पन्त,मोहन कुमार पाण्डेय र गुणनिधी शर्मा लगायतले बोल्नुभएको थियो ।
त्यस्तै सो अवसरमा विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले बिद्यालयको संस्थागत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयका बरिष्ठ शिक्षक उपेन्द्र चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक ठाकूर खनालले गर्नुभएको थियो ।


