
Gfs
Srbpu
Sgr
Lnp
Unsku
Rgp
sbs
Ggp
Pbu
cjs
pku
Djs
Pes
Rgp1

Tsm
Wsp
Asm
Ssm
Rgs
Ggd
Bbu
Sls
Hal
Ksm
Bbbpu
Pvg
nsb
Sbs
Rgu
Rgu
Gst
Vor
Rsb

Gsb
sab
Mks
Rmb
Pls
bbt
Ptm
Jmb
Rpp
Jmb
Bml
Syp
Abd
काठमाडौं । पश्चिमा र अमेरिकि मुलुकहरुले मृत्युको अफवाह फैलाइएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–२० दिनपछि सार्वजनिक कार्यक्रममा देखापरेका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा नेता किम आफ्नी बहिनी किम यो जोङसहित देखापरेका हुन् । उनी सार्वजनिक कार्यक्रममा देखिएपछि मृत्यु अफवाह सकिएको छ ।
आफ्नै हजुरबुवाको स्मृतिसभामा उपस्थित नभएपछि उनीमाथी विभिन्न आशंका गरिदै आएको थियो । आशंकाकाबीच किम सार्वजनिक कार्यक्रममा देखा परेका छन् भने उनले एक महलको रिवन काटेर उद्घाटन पनि गरेको केसीएनएले जनाएको छ ।
उत्तर कोरियाली सञ्चारमाध्यमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिर बोलिरहेको तस्बिर पनि सार्वजनिक गरेको छ । उत्तर कोरियाको आधिकारिक रोदोङ सिनमन पत्रिकाको वेबसाइटमा प्रकाशित ती तस्बिरको स्वतन्त्र पुष्टि भने भएका छैनन् । सार्वजनिक गरिएका तस्विर नयाँ हुन् कि पुराना त्यो भने पुष्टी हुन सकेको छैन ।
अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि किम जोङ–उन उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए । त्यस्तै अप्रिल २५ को कोरियाली सेना स्थापना दिवसमा पनि उनी सहभागी भएका थिएनन् ।
सन् २०११ मा उत्तर कोरियाली सत्तामा आएदेखि उनी कहिल्यै पनि ती समारोहमा अनुपस्थित भएका थिएनन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेता किम प्योङयाङको उत्तरी क्षेत्रमा रहेको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको विवरणसमेत सार्वजनिक गरेका थिए भने केहीले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट बच्न उनी बोनसान गएको बताएका थिए ।
