
Ksb
Fmb
Ssb
Ksb
Ksb
Ppu
Ssb
Rsb
Tgp
Csb
Nsb
Usb
Gsb
jsb
Rks
Bsn

Tsb
Ssb
Usb
Hl1
Gsb

ptl
Rgu
Nps
दाङ । स्थानीय तहले आवश्यकता अनुसार दमकल खरिद गर्न सकेका छैनन् । आगलागिका कारण वर्षेनी धनजनको क्षती हुँदा पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएको देखिदैन् ।
देशभर ७ सय ५३ स्थानीय तह मध्य साढे ४ बर्षको अबधिमा १ सय ६३ वटाले मात्रै दमकल खरिद गरेका छन् । दमकल खरिद नगर्ने मध्य अधिकांश पहाडका गाउँपालिकाहरु रहेका छन् । तर अझै पनि देशभरका ५ सय ९० पालिकाले दमकल खरिद गरेका छैनन् । जसका कारण नागरिकले जनधनको क्षति बेहोरिरहनु परेको छ । बजेट अभाबका कारण दमकल खरिद गर्न नसकेको अधिकांश स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।
त्यस्तै पछिल्लो साढे ४ वर्ष यता देशभर १० हजार ६ सय ५९ वटा आगलागिका घटना भएका छन् । जसबाट ३ सय ४६ जनाको मृत्यु भएको छ भने १४ सय ६१ जना घाइते भएका छन् । १४ हजार ४ सय ३४ परिवार आगलागिका कारण प्रभावित भएका छन् । यो अबधिमा आगलागिकै कारण १२ अर्ब भन्दा बढीको क्षति भएको छ भने आगलागिका कारण बर्षेनी झण्डै १ सय जनाको मृत्यु हुने गरेको छ ।
