
Dus
Rgp
ksb
Asb
Ggp
Pbu
Sgp
lnp
Lnp
Usb
Rgp
Dbs
Rgp
Lks
Jns
Ggp
Rgp


दाङ । गीतकार प्रकाशचन्द्र घिमिरेको विविधता गीति संग्रहको समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको १८२ औँ श्रृङखलामा नियमित कृति समिक्षा कार्यक्रम अन्तर्गत उक्त गीति संग्रहको शुक्रबार एक कार्यक्रम गरी समिक्षा गरिएको हो ।
सो अवसरमा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यले गीतकार घिमिरेको गीति संग्रह विविधतामा समावेश ६ वटा गितहरु मानवीय जीवनको आधारका रुपमा कृतिका माध्यमबाट आएका गम्भीर प्रकृतिका सरल सिर्जना रहेको बताउनु भयो ।
जन्मथलो दाङ भएपनि कर्मथलो काठमाडौँ बनाउनुभएको गीतकार घिमिरेको एल्बम विविधतामा शास्त्रीय संगीतमा आधारित ३ वटा र लोकलयमा ३ वटा गित समावेश छन् ।
यसैगरी, वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले कलामा विज्ञान रहेको हुँदा सर्जकका कृतिमा ज्ञान, विज्ञान र कलाका रुप शब्दका माध्यमबाट मुखरित हुने गरेको बताउनुभयो । प्रमुख अतिथिसमेत रहनु भएका वरिष्ठ साहित्यकार एवं पत्रकार शर्माले मानवीय चेतनालाई जीवन जगतसँग गाँसेर कृति निर्माण गर्न सक्नु गीतकार घिमिरेको सबल पक्ष रहेको बताउनुभयो ।
समिक्षा कार्यक्रममा वरिष्ठ कवि, समालोचक डा. अमर गिरी, राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघका अध्यक्ष खगराज न्यौपानेलगायतले गीति एल्बमका सबै गीतहरु शब्द, संगीतका दृष्टिले मात्रै नभई गेयात्मक रुपले पनि कोमल सरल, सरस बनेको बताउनुभयो ।
कार्यक्रममा गीतकार सर्जक प्रकाशचन्द्र घिमिरे आफु विज्ञानको विद्यार्थी भएपनि ज्ञान विज्ञान र यसको आयामलाई बाल्यकालबाटै अनुशरण गरेको स्मरण गर्नुभयो ।
विद्यालय तहबाटैको आधार बन्न मद्दत पुगेको हुँदा मानिसका भोगाईका कथा समाजमा फरक फरक भएपनि ति भोगाईलाई शब्दमा उतारेर श्रोतामाझ पस्केको बताउनुभयो । गितमा आफ्ना भोगाईभन्दा देखाईका कुरा रहेको जानकारी गराउनुभयो । कार्यक्रममा जिल्लास्थित अग्रज साहित्यकार, सर्जक, साहित्यानुरागीहरुको उपस्थिती थियो । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’ को अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा शाखा उपाध्यक्ष शारदा शर्माले स्वागत गर्नुभएको थियो भने सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो ।
