
Ksb
Rsb
Ssb
Usb
Ppu
Ksb
Tgp
Bsn
Ksb
Ssb
Rks
Csb
Fmb
Gsb
jsb
Nsb

Hl1
Tsb
Ssb
Usb
Gsb

ptl
Rgu
Nps
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले काङ्ग्रेस,कम्युनिस्ट जस्तो भोटको व्यापारी गर्ने नभएको बताउनु भएको छ ।
आफ्नो गृह जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेस पार्टी कम्युनिस्ट जस्तो भोटको व्यापारी नभएको बताउनु भएको हो ।
त्यस्तै उहाँले भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो भूमिको अधिकार हरेक नागरिकले पाउनु पर्छ,नेता साउँदले भन्नु भयो । हामी भोटका व्यापारी गर्ने होइनौं। इमान नभएको राजनीति गर्न हामीले जानेका छैनौं ।
कांग्रेसले आरक्षपीडित तथा भूमिहीनका समस्या समाधान गर्नेमा जोड दिँदै उहाँले कञ्चनपुरमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेको पनि बताउनु भयो ।
त्यसैगरी आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसके। आरक्षपीडित हेरेको हेर्यै भए । विवेकले जुनी एकै हुन्छ । अर्को जुनीका लागि सपना सजाएर मात्र यो समस्या समाधान हुन सक्दैन,साउँदले भन्नू भयो । शासन गर्नका लागि मात्र राज्य बनेको छ भने त्यो राज्य अर्थहीन छ। राज्य समाजको गोठालो हो ।’ विगत २२ वर्षदेखि आरक्षपीडितका समस्या समाधान हुन नसकेको प्रति उहाँले दुःख व्यक्त गर्नु भयो । ‘२२ वर्ष भइसकेको छ। मलाई पनि पीडा छ,नेता साउँदले भन्नू भयो ।
त्यस्तै सरकारले आरक्षपीडितको समस्या समाधान सहज बनाउन मुआब्जा दिने निर्णय गरेपछि धेरै समस्या समाधान भएको जिकिर गर्नु भयो । ‘समस्या समाधान होस्। कसैको घर बनोस्, जग्गा बनोस्। न बिजुली छ, न खानेपानी छ,’ नेता साउँदले भन्नु भयो । दशकौंदेखि एउटै पीडा भोगिरहेका छन्। अव त्यो समस्या समाधान हुन्छ। दुई चार जनालाई जागिर दिने उद्देश्यमा कांग्रेस छैन नेता साउँदले भन्नू भयो । यस्तै उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा लगायत अन्य नेता तथा कार्यकर्ता र आम जनसमुदायको उपस्थितिमा कार्यक्रम भएको थियो ।
