
Csbg-7
Usbl-7
Gsbr-6
ksbl-7
Pbu
Jsbg-7
Jsbr-3
Msbg-2
Rksr-7
Gsbg-3


काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको बस ६ किलो नजिक दुर्घटना भएको हो । घाइतेहरुलाई काभ्रेको धुलिखेल र खाडीचौरको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
धुलिखेल अस्पतालमा उपचाररत घाइतेको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
