
Jns
Asb
Pbu
ksb
Rgp
Rgp
Rgp
lnp
Lnp
Rgp
Usb
Dbs
Lks
Dus
Ggp
Ggp
Sgp


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा घट्स्थापनाको अवसर पारि नव निर्मित दुर्गा मन्दिरको प्राणप्रतिष्ठा गरि उद्घाटन भएको छ ।
कठबेरुवा गाउँका समाजसेवी एवं बुद्धिजीवी पर्शुराम बुढाथोकी र देवीस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर ठेडी मगरको संयुक्त अध्यक्षता तथा दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशीको प्रमुख आतिथ्यता एवं बेला प्रहरी चौकीका प्रहरी इन्चार्ज कमलप्रसाद बन्जाडेको विशेष आतिथ्यतामा उक्त मन्दिरको उद्घाटन भएको हो ।
त्यस्तै उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भानु जोशीले त्यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधिहरु गैरजिम्मेवार भएको बताउनु भएको छ ।
आफ्नै गाउँपालिका भित्रमा धार्मिक कार्यक्रम हुँदा पनि कार्यक्रमको व्यवास्था गर्ने कस्ता प्रतिनिधि हुन् ।भनेर उहाँले जिकिर गर्नु भयो ।
यस गाउँमा हामीले महायज्ञ संचालन गर्ने बेला गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई प्रमुख अतिथि तथा विशेष अतिथिको लागि बोलाएका थियौं तर उहाँहरु उतिबेला पनि आउनु भएन र आज पनि महायज्ञबाट संकलित रकमद्वारा निर्माण भएको नव निर्मित दुर्गा माताको मन्दिरलाई उद्घाटन गर्नको लागि बोलाउदा नआउने प्रतिनिधिलाई गैरजिम्मेवार प्रतिनिधि नभनेर के भन्ने उहाँ भन्नू भयो ।
कार्यक्रममा झन्डै १२ मिनेट जति भनाइ राख्नु भएका मञ्चका अध्यक्ष जोशीले भन्नू भयो,हुन त के भन्ने हाम्रा देशका नेताहरु नै त्यस्तै छन् । धर्मको नाउँमा युरोपियन,युनियनको धर्मलाई अंगालेर डलरको मोहमा आफुलाई विकाएकाका छन् । त्यसैले अब बस्ती,बस्तीबाट जाग्नु पर्ने समय आएको छ जोशीले कार्यक्रममा भन्नू भयो ।
म विभिन्न जिल्लामा धार्मिक कार्यक्रमको लागि पुगेको छु र त्यहाँ विभिन्न कार्यको नाउँमा महायज्ञ संचालन भएका छन् । झन्डै ६०/७० वटा महायज्ञ अन्तरगतको एक उदाहरणीय कार्य गर्ने देवीस्थान मन्दिर व्यवस्थापन समिति हो । यस समितिले महायज्ञ कार्यक्रमको आयोजना गर्ने बेला पनि विभिन्न तत्त्वहरु कार्यक्रमलाई असफल पार्नको लागि सक्रिय भएका थिए तर धर्म माथि गलत प्रहार गर्ने व्यक्तिको पराजित भयो । सत्यको जित हुँदै आज यस गाउँमा एउटा नमूना दुर्गा माताको मन्दिर निर्माण भयो प्रमुख अतिथि जोशीले भन्नू भयो । सिधापत्र अनलाइन टेलिभिजन तथा डिजिटल पत्रीका निर्देशक समेत रहनु भएका जोशीले समिति लगायत त्यहाँका नागरिकलाई भन्नू भयो तपाईहरु चिन्ता नगर्नुस् मेरो संस्था र म कार्यरत संचार माध्यमबाट आवश्यक सहयोग पूर्णरुपमा रहने भन्दै प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
त्यस्तै सो कार्यक्रमको अध्यक्षता गर्नु भएका देवीस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर ठेडी मगरले सो मन्दिर उद्घाटन गर्नको लागि आफ्नो वडा अध्यक्षलाई पत्राचार गरेको भएपनि वडा अध्यक्षले आफ्नो व्यस्तता देखाएर नआएको बताउनु भयो ।
मैले अध्यक्ष ज्युलाई भने तपाई आउन सक्नु हुन्न भने वडा सदस्यलाई भएपनि पठाइ दिनुस् मन्दिर उद्घाटनको लागि,तर दुखको कुरा वडाबाट कोही पनि आउनु भएन ।
भगवती महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भेगा डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धना केसी,बिना भट्टराई,शोक सिंह बुढा मगर लगायतका वक्ताले बोल्नु भएको थियो ।
यस्तै कठबेरुवा गाउँमा महायज्ञ ब्यबस्थापन समितिको आयोजना र अन्तर्राष्ट्रिय भागवत धर्म परिषद नेपालको सहकार्यमा २०७६ साल फाल्गुन १९ गते संचालन भएको श्रीमद्भागवत ज्ञान् महायज्ञ कार्यक्रममा उत्कृष्ट दान दिने दानदाताहरुलाई फुल टीका र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन समाजसेवी रमेश नेपाली गर्नु भएको थियो ।



