शिबराज पन्थी/गढवा बिहिबार, आश्विन २१, २०७८

दाङ । गढवा गाउँपालिकाको वडा नम्बर १ दुर्गम भूगोल रङसिङ स्थित जनमुखि आधारभूत बिद्यालयको कक्षा–५ मा पढ्ने शिबलाल बिष्टले दशैंको मुखमा गाउँपालिकाबाट ड्रेस पाउँदा आफूलाई दशैं आए जस्तो भएको बताए ।

गाउँपालिकाले स्कूलमै आएर ड्रेस र कापी दियो । बुवा आमाले एनकेन एक बर्षमा एक जोडी ड्रेस किन्दीनु हुन्थ्यो,अब मैलिएको बेला अर्को फेरेर धुन पनि पाइने भयो–सोही बिद्यालयको कक्षा–३ मा पढ्ने आशा परियारले भनिन् । बुवाआमा मजुरी गर्नुहुन्छ, एनकेन खानेखर्च जुटाउनु कि ड्रेस किन्दीनु ? गाउँपालिकाले ड्रेस दिँदा बल्ल पो दशेैं आएजस्तो भयो–उनले भनिन् ।

त्यस्तै सोही विद्यालयको कक्षा ३ मा अध्ययनरत करिष्मा कुमाललाई पनि ड्रेस र कापी पाउँदा दशैं आएजस्तो भएको छ । हुनपनि पारिवारीक स्थिती कमजोर भएका अभिभावकहरुलाई ड्रेस र कापी कलम किन्दीने पैसा पनि हुन्न । मजदुरी गरेर हातमुख जोड्ने कि वालबच्चा पढाउने?–स्थानीय अभिभावकहरु बताउँछन् । हुने खानेले त बोर्डिङ स्कूलमा पढाउँछन् तर हुँदा खाने वा ज्याला मजदुरी गरेर वाालबच्चा पढाउने अभिभावकहरुले भने सरकारी स्कूलमा बच्चा पढाउन बाध्य हुन्छन् ।

यहि कुरालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाले बिपन्न सिमान्तकृत वर्गका विद्यार्थीहरुले पढ्ने सरकारी बिद्यालयहरुमा ड्रेस तथा कापी वितरण गरिरहेको छ । विपन्न र सिमान्तकृत वर्गका विद्यार्थीहरुले पढ्ने दुर्गम भूगोलका विद्यालयहरुमा गत आइतवारदेखि अभियान सुरु गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । जस अनुसार महेन्द्र आधारभूत विद्यालय कोइलाबास,दुर्गा आधारभूत खबरनिाका,उदय प्राबि मुसीनाका,गणेश प्राबि चिमचिमे,पचहिया रात्री प्राबि,सर्बोदय प्राबि र जनमुखि आधारभूत बिद्यालय रङसिङका कक्षा १ देखि ५ सम्मका झण्डै ५ सय ११ बढि विद्यार्थी हरुलाई ड्रेस तथा स्टेशनरी वितरण गरिएको शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभयो । अझै केहि बिद्यालयहरु बाँकी छन्–उहाँले भन्नु भयो ।

गढवा गाउँपालिकाले चालु आब देखि वालबिकासका ३० जना शिक्षकहरुलाई गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब पुर्याएको छ भने पालिकाभरका २८ बिद्यालयका ४५ जना निजी स्रोतका शिक्षकहरुलाई तलब ब्यवस्थापन गरि सरकारी बिद्यालयहरुको गुणस्तर बृद्धि गर्ने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो । गरिब बर्गका छोराछोरीहरुले पढ्ने सरकारी विद्यालयहरु नै भएकोले शिक्षा क्षेत्रमा गाउँपालिकाले बिशेष लगानी फोकस गर्न सुरुवात गरेको उहाँले बताउनुभयो । अभिभावकहरुको मन जित्नेगरि सरकारी विद्यालयहरु ब्यवस्थापन गर्न गाउँपालिकाले सबै सरकारी विद्यालयका शिक्षकहरुलाई अनुरोध गरेको छ । बिपन्न वर्गका बिद्यार्थीहरुलाई पढन–पाठनमा हौसला दिन ड्रेस र स्टेशनरी वितरण समेत सुरुवात गरेको अध्यक्ष यादवले बताउनु भयो ।

यसैबिच जनमुखि आधारभूत बिद्यालय रङसिङका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवबहादुर कुमालको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बुधवार सो बिद्यालयका १०८ जना बिद्यार्थीहरुलाई ड्रेस तथा कापी वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी,गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक,सो विद्यालयका प्रधानाध्यापक अमरसिंह थापा,विब्यसका सल्लाहकार कृष्ण गिरी र शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णा परियार लगायतले बोल्नुभएको थियो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]