सागर थापा बुधबार, आश्विन २०, २०७८

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनाल सहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् ।

पुरष्कृतहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो । सोही समारोहमा नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पुर्‍याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको छ ।

यस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरिएको बाँके प्रहरीले जनाएको छ । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धा सुमन गरिएको थियो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]