Sidha Patra मंगलबार, आश्विन १९, २०७८

काठमाडौं । नेपालमा पोल्ट्रि व्यवसायमा किसानको आकर्षण बढ्दै गएपनि झन्झटका लागि बीमामा भने चासो नदेखाएका पाइएको छ । नेपाल पोल्ट्रि महासंघका अनुसार देशभर ७० हजारभन्दा बढी किसानले व्यावसायीक कुखुरापालन गर्दै आएका छन् ।

कुखुरा हालेदेखि बिक्री नहुँदासम्म हरेक लट अनुसार नै विमा गरिरहनुपर्ने भएकाले किसान बीमाप्रति आर्षित नभएका नेपाल पोल्ट्रि महासंघका उपाध्यक्ष टिकाराम पोखरेलको भनाइ छ ।

नेपालमा २०७० सालबाट कुखुराको बीमा गर्न सुरु गरिएको हो । आर्थिक वर्ष २०७४÷७५ देखि ७७÷७८ अर्थात ४ वर्षमा जम्मा ७ हजार ब्रोइलर कुखुराको बीमा गरिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो ।

बीमा रकम पाउन कुल कुखुरा मध्ये दैनिक ५ प्रतिशत मर्नैपर्ने, कुखुरा कति मरे, के कारणले मरे अभिलेख राख्नुपर्ने, क्षति मुल्यांकनको स्पष्ट आधार हुनुपर्ने प्रावधानमा किसान झन्झट रहेको छ ।

छोटो समयमै आम्दानी लिन सकिने भन्दै ब्रोइलर कुखुरा पालनमा किसानको आकर्षण बढे पनि डुबान, बाढी लगायतको भवितब्यबाट जोगिन बीमामा कमैको ध्यान जाने गरेको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]