सुशिला ओली/घोराही सोमबार, आश्विन १८, २०७८

दाङ । घोराही उपमहानगरपालिकाले पसलहरुको अनुुगमनलाई निरन्तरता दिएको छ । उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा आज घोराही १ सिमलतारामा रहेका पसलहरुको अनुुगमन गरिएको हो ।

एक दर्जन पसलहरुको अनुुगमन गर्दा विभिन्न त्रुटिहरु फेला परेको शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिनुुभएको छ । व्यवसायीले विग्रीएको तराजु प्रयोगमा ल्याएको पाईएपछि ३ वटा तराजुु जफत गरिएको छ । त्यसैगरी, म्याद गएको १६ लम्बरी आटा पिठो, दुुई दर्जन प्याकेट चाउमिन, २ दर्जन सस बरामद गरेर नष्ट गरिएको शाखा प्रमुख अधिकारीको भनाई छ ।

त्यसैगरी, विक्रि मूल्य भन्दा बढीमा खाने तेल विक्रि गरेको समेत पाईएको भन्दै ति व्यवसायीहरुलाई अब देखी त्यसो नगर्न भनिएको छ । अधिकांश पसलहरु दर्ता विनै चलेको समेत पाईए पछि अनुुगमन टोलीले अनिवार्यरुपमा दर्ता गर्न र उपभोक्ता अधिकारलाई ख्याल गरेर व्यवसाय गर्न निर्देशन दिएको छ ।

अनुुगमनमा जिल्ला प्रशासन, उद्योग बाणिज्य संघ, पत्रकार एंब प्रहरीको सहभागिता रहेको थियो । घोराही उपमहानगरपालिकाले निरन्तर बजारको अनुगमन गर्दै व्यवसायीलाई जिम्मेवार बन्न र उपभोक्तालाई सचेत बन्न आग्रह गर्दै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]