
Ggp
Ggp
Usb
ksb
Pbu
Jns
Rgp
Lnp
Dbs
Sgp
Rgp
Lks
Dus
Asb
lnp
Rgp
Rgp


दाङ । दाङमा ६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको छ ।
बिरेन्द्र चोकमा माक्स नलगाएका नागरिकहरुलाई प्रहरी लगायत विभिन्न संघ संस्थाका पदाघिकारीहरुले माक्स वितरण गरेका छन् ।
त्यस्तै कोरोना संक्रमणको जोखिम केही मात्रामा कम भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान सञ्चालनमा ल्याएको जनाएको छ ।
यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी मुकुन्दराज आचार्यले माक्स वितरण गर्दै कोरोनाको संक्रमणबाट बच्न माक्स अनिवार्य लगाउनुपर्ने बताउनुुभयो । प्रहरी दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल प्रहरीले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ ।
