
lnp
Lnp
Lks
Rgp
ksb
Usb
Dus
Rgp
Dbs
Asb
Ggp
Rgp
Ggp
Rgp
Sgp
Pbu
Jns


दाङ । सुनचादी व्यवसायका लागि छुट्टै ऐन कानुन बनाउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अन्य व्यवसाय जस्तै सुनचादी व्यवसायका लागि ऐन तथा नियम नहुँदा व्यवसायीहरुले सहज रुपमा व्यवसाय गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीहरुले सुनचादी व्यवसायका लागि ऐन,काुन र कार्यविधि निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल सुनचादी व्यवसायी संघ घोराही उपमहानगरपालिका दाङको २० औं साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सुनचादीमैत्री कानुन नबनेकै कारण व्यवसायीहरुले विभिन्न खालका समस्याहरु झेल्नुपर्ने मारमा रहेको बताए । कार्यक्रमका सहभागीहरुले व्यवसायीहरुले ऐन कानुनको अभावमा माग अनुसारको सुन पाउन नसकिरहेको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष सुदीप श्रेष्ठले सरकारको विभेदकारी ऐन नियमका कारण देशभरका सुनचादी व्यवसायीहरुले मार खेप्नु परेको बताए ।
त्यस्तै कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका लुम्विनी प्रदेशका अध्यक्ष बुद्धिबहादुर दियालीले राज्यको विभेदकारी नितीका कारण सुनचादी व्यवसायी बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको भन्दै व्यवसायलाई चलाएमान बनाउनका लागि अन्य व्यवसायका लागि जस्तै ऐन कानुन निर्माण गर्नुपर्ने बताए ।
नेपाल सुनचादी व्यवसायी संघ घोराहीका अध्यक्ष बिनोद स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य लोकबहादुर स्वर्णकार, केन्द्रीय सदस्य धुर्वराज गहतराज, घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख रितेन्द्र सापकोटा, दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की, नेपाल सुनचादी व्यवसायी संघका पूर्व अध्यक्ष खड्गबहादुर विश्वकर्मा, तुलसीपुर सुनचादी व्यवसायी संघका अध्यक्ष हरिकृष्ण विश्वकर्मा लगायतले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघकी उपाध्यक्ष निर्मला विकको स्वागत मन्तव्यबाट सुरु भएको साधारण तथा अधिवेशनको सहजीकरण सिता स्वर्णकारले गरेकी थिइन । साधारण तथा अधिवेशनका अवसरमा संघले पत्रकारिताका माध्यमबाट कलम चलाएर सहयोग गरेको भन्दै संघका प्रेस संयोजक जनक नेपाली, पत्रकार गोविन्द खड्का र पत्रकार लक्ष्मण विश्वकर्मा लगायत संघका पूर्व तथा सस्थापकहरु, कालीगढ लगायतलाई सम्मान गरेका थिए ।
