
jmb
gms
Ddh
Sys
smb
Rus
Bpb
Gsbus
Ppu
sks
Rg-9
Asm
Ssbus
jms

Hl1
Ssb
Ln1
Tsb
Dps
Rys
Ln7
Asm
bml
kbs
Ln9
Sbs
Usb
Gsb
bmj
Ln8
Ln2
Gg1
Gg5
Ln3

Gg6
Jab
Sbs
Gg3
Snk
Gg2
Nps
Rgu
Sab
Bpb
ptl
Gjl
Jpb
Rss
Sml
Gg4
Ksb
सल्यान । सल्यानमा जिपको ठक्करबाट गम्भीर घाइते भएका ५ जना छात्रा मध्य दुई जनाको मृत्यु भएको छ । बागचौरबाट खलंगाका लागि छुटेको लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका शारदा नगरपालिका ६ निवासी १७ वर्षिय रेखा बुढाथोकी र सोहीका २१ वर्षिय सुनिता नेपालीको मृत्युुभएको हो ।
आज बिहान १० बजे विद्यालय जाने क्रममा शारदा नगरपालिका २ बाङ्गेसल्ला भन्ने स्थानमा ५ जना छात्राहरुलाई जिपले ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भिर घाईते भएका अन्य शारदा नगरपालिका ६ कै १८ बर्षिय मिना परियार, १५ बर्षिय सुशिला नेपाली र १८ बर्षिय दिपा बुढाथोकीको नेपालगञ्जमा उपचार भैरहेको छ । सडक छेउको सितलमा उभिएका विद्यार्थीहरुलाई उक्त जिपले ठक्कर दिएको थियो ।
तीव्र गतिका कारण अनियन्त्रित भएको जिप शिव जन माविका छात्रालाई ठक्कर दिएपछि दुर्घटनामा परेको र सडकदेखि १० मिटर तल खसेको छ । जिप चालक २५ वर्षीया टंकप्रसाद ओलीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
