Sidha Patra मंगलबार, आश्विन १२, २०७८

दाङ । पछिल्लो समय प्रबिधिको विकास संगै हुलाक कार्यालय मार्फत आदान प्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ ।

एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउँनको लागि इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो । व्यक्तिको नाममा दैनिक करिव १० प्रतिशत मात्र चिठीपत्र आउने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख सोभाराम बस्नेतले जानकारी दिए ।

त्यस्तै धेरै जसो सरकारी कार्यालयका चिठीपत्रहरु आदान प्रदानको काम हुने उनको भनाई छ । ९० प्रतिशत विभिन्न पत्र संघसंस्था तथा सरकारी कार्यालयका आउने गरेको उनको भनाई रहेको छ । हाल दैनिक सरदर दुई सय चिठी आउने गर्दछन् । जिल्लाका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्रहरु आउने उनले बताए । अन्य चिठी आउन छोडेपनि हुलाकको काम भने घटेको छैन् । प्रविधिको विकास संगै नयाँ काम तथा क्षेत्राधिकार बढेको प्रमुख बस्नेतको भनाई छ ।

हाल केही वर्ष यता सुचनाको हक कार्यान्वयन सम्बन्धि अनुगमन तथा रिर्पोटिङ, प्रेस प्रतिनिधि प्रमाण पत्र र अनलाइन सञ्चारमाध्यम, छापा माध्यमहरुको लोक कल्याणकारी बिज्ञापनको पैसा भुक्तानीको काम हुलाक कार्यालयले गर्ने जिम्मेवारी बढेको बस्नेतले जानकारी दिए । यि कार्यक्रमका लागि हुलाक कार्यालयले काम सुरु गरेको छ । यो भन्दा अगाडी भने चिठीपत्र आदान प्रदान, बचत बैंक सेवा,पाँच सय वाट सम्मको रेडियोको नविकरण सेवा, लगाएतका सेवा संचालन गर्दे आएको थियो । जिल्ला हुलाक कार्यालयले बचत बैंक सेवा संचालन गर्दे आएको छ । जसमा तीन करोड, ३५ लाख पाँच हजार एक सय ९८ रुपैँया नगद जम्मा भएको छ, भने दुई करोड ४६ लाख, ३५ हजार ९ सय ४५ रुपैँया भुक्तानी गरिएको छ ।

चिठी इन्क्वायरी सिष्टम

जिल्ला हुलाक कार्यालयले चिठी इन्क्वायरी सिष्टम लागु गरेको छ । यसले पठाएका चिठी हराउने समस्याको समाधान गर्नेछ । विगतमा पठाएका चिठी हराएको गुनासो धेरै आएकोले यस्तो सुविधा सुरु गरिएको हो । आर्थिक बर्ष २०७६ साउन महिनाबाट चिठी इन्क्वायरी सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ । यो सिष्टम अन्तर्रगत हुलाक मार्फत चिठी पठाएका व्यक्तिहरुले आफुले पठाएको पत्र कहाँ गयो कस्तो अवस्थामा छ भनेर घरमै बसेर जानकारी पाउन सक्नेछन् । कार्यालय प्रमुख बस्नेतले पोष्टल इन्टरनल टेकिङ सिष्टमवाट चिठीको अवस्थाको वारेमा थाहाँ पाउन सकिने जानकारी दिए ।

५७ लाख बढी राजस्व

जिल्ला हुलाक कार्यालय दाङमा ५७ लाख ७७ हजार पाँच सय १२ रुपैँया राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ । हुलाक टिकट विक्रीवाट ४५ लाख ९९ हजार चार सय ५५ रुपैँया, पार्सल भुक्तानी आम्दानीवाट ४८ हजार आठ सय ६ रुपैँया, रेडियो रोयल्टीवाट ७१ हजार एक सय ३८ रुपैँया संकलन भएको कार्यालय प्रमुख सोभाराम बस्नेतले जानकारी दिए ।

यस्तै पत्रिका नविकरणवाट एक हजार १०, पोष्टबक्स नविकरण तीन हजार, केवुल नविकरण २५ हजार रुपैँया, काउन्टर अटोमेसिन आम्दानी एक लाख ९९ हजार पाँच सय ८५, केबूल रोयल्टी वाट ६ लाख ७८ हजार दुई सय ८५, एफएम रेडियो इजाजत नविकरणवाट चार हजार रुपैँया राजस्व संकलन भएको हो । यस्तै घर बहाल आम्दानी एक लाख ४५ हजार दुई सय ३४ रुपैँया, एफएम रेडियो लाइसेन्स नबिकरणबाट दुई हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]