
Sssbus1
Gsl
Ssbus
ssbus
Sssbus1
Ssbus
tssbus
Ssbus
Pbu
nsm

Rsb
Sbs
nsb
Bbbpu
Pvg
Bbu
Ksm
Rgu
Vor
Ggd
Asm
Gst
Sls
Rgs
Hal
Rgu
Wsp
Tsm
Ssm

Pls
Mks
Rpp
Jmb
bbt
Rmb
Gsb
sab
Jmb
Ptm
Bml
Syp
Abd
दाङ । पछिल्लो समय प्रबिधिको विकास संगै हुलाक कार्यालय मार्फत आदान प्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ ।
एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउँनको लागि इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो । व्यक्तिको नाममा दैनिक करिव १० प्रतिशत मात्र चिठीपत्र आउने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख सोभाराम बस्नेतले जानकारी दिए ।
त्यस्तै धेरै जसो सरकारी कार्यालयका चिठीपत्रहरु आदान प्रदानको काम हुने उनको भनाई छ । ९० प्रतिशत विभिन्न पत्र संघसंस्था तथा सरकारी कार्यालयका आउने गरेको उनको भनाई रहेको छ । हाल दैनिक सरदर दुई सय चिठी आउने गर्दछन् । जिल्लाका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्रहरु आउने उनले बताए । अन्य चिठी आउन छोडेपनि हुलाकको काम भने घटेको छैन् । प्रविधिको विकास संगै नयाँ काम तथा क्षेत्राधिकार बढेको प्रमुख बस्नेतको भनाई छ ।
हाल केही वर्ष यता सुचनाको हक कार्यान्वयन सम्बन्धि अनुगमन तथा रिर्पोटिङ, प्रेस प्रतिनिधि प्रमाण पत्र र अनलाइन सञ्चारमाध्यम, छापा माध्यमहरुको लोक कल्याणकारी बिज्ञापनको पैसा भुक्तानीको काम हुलाक कार्यालयले गर्ने जिम्मेवारी बढेको बस्नेतले जानकारी दिए । यि कार्यक्रमका लागि हुलाक कार्यालयले काम सुरु गरेको छ । यो भन्दा अगाडी भने चिठीपत्र आदान प्रदान, बचत बैंक सेवा,पाँच सय वाट सम्मको रेडियोको नविकरण सेवा, लगाएतका सेवा संचालन गर्दे आएको थियो । जिल्ला हुलाक कार्यालयले बचत बैंक सेवा संचालन गर्दे आएको छ । जसमा तीन करोड, ३५ लाख पाँच हजार एक सय ९८ रुपैँया नगद जम्मा भएको छ, भने दुई करोड ४६ लाख, ३५ हजार ९ सय ४५ रुपैँया भुक्तानी गरिएको छ ।
चिठी इन्क्वायरी सिष्टम
जिल्ला हुलाक कार्यालयले चिठी इन्क्वायरी सिष्टम लागु गरेको छ । यसले पठाएका चिठी हराउने समस्याको समाधान गर्नेछ । विगतमा पठाएका चिठी हराएको गुनासो धेरै आएकोले यस्तो सुविधा सुरु गरिएको हो । आर्थिक बर्ष २०७६ साउन महिनाबाट चिठी इन्क्वायरी सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ । यो सिष्टम अन्तर्रगत हुलाक मार्फत चिठी पठाएका व्यक्तिहरुले आफुले पठाएको पत्र कहाँ गयो कस्तो अवस्थामा छ भनेर घरमै बसेर जानकारी पाउन सक्नेछन् । कार्यालय प्रमुख बस्नेतले पोष्टल इन्टरनल टेकिङ सिष्टमवाट चिठीको अवस्थाको वारेमा थाहाँ पाउन सकिने जानकारी दिए ।
५७ लाख बढी राजस्व
जिल्ला हुलाक कार्यालय दाङमा ५७ लाख ७७ हजार पाँच सय १२ रुपैँया राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ । हुलाक टिकट विक्रीवाट ४५ लाख ९९ हजार चार सय ५५ रुपैँया, पार्सल भुक्तानी आम्दानीवाट ४८ हजार आठ सय ६ रुपैँया, रेडियो रोयल्टीवाट ७१ हजार एक सय ३८ रुपैँया संकलन भएको कार्यालय प्रमुख सोभाराम बस्नेतले जानकारी दिए ।
यस्तै पत्रिका नविकरणवाट एक हजार १०, पोष्टबक्स नविकरण तीन हजार, केवुल नविकरण २५ हजार रुपैँया, काउन्टर अटोमेसिन आम्दानी एक लाख ९९ हजार पाँच सय ८५, केबूल रोयल्टी वाट ६ लाख ७८ हजार दुई सय ८५, एफएम रेडियो इजाजत नविकरणवाट चार हजार रुपैँया राजस्व संकलन भएको हो । यस्तै घर बहाल आम्दानी एक लाख ४५ हजार दुई सय ३४ रुपैँया, एफएम रेडियो लाइसेन्स नबिकरणबाट दुई हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।
