
Ppu
Ssb
Tgp
Nsb
Bsn
Gsb
Ssb
Rsb
Usb
Fmb
Ksb
jsb
Ksb
Rks
Ksb
Csb

Usb
Hl1
Tsb
Gsb
Ssb

ptl
Rgu
Nps
बाँके । सशस्त्र प्रहरी बियोपी जमुनहाको सशस्त्र प्रहरी टोलीले भारतबाट भित्रिँदै गरेको खसीसहित अवैध सामग्री पक्राउ गरेको छ ।
नेपालगन्ज जमुनहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कुमार कार्कीको कमान्डमा खटेको सशस्त्र टोलीले भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सामाग्री पक्राउ गरेको थियो।
बिशेष सुराकीका आधारमा नायब निरीक्षक कार्कीको कमान्डको टोलीले शुक्रवार साँझ पौने ५ बजे नेपालगन्ज १६ जयसपुर नाका नजिकबाट भारतबाट भन्सार छली गर्दै ल्याइएका ४० हजार रुपैयाँ बराबरका ४ वटा खसी, ९० हजार ६७० रुपैयाँका लत्ताकपडा र मोटरका पार्टसहरु बरामद गरेको हो।
खसी र अवैध सामग्री बरामद गरेपनी सशस्त्र प्रहरीलाई देख्नासाथ तस्करहरु भारततर्फ नै फरार भएको जनाइएको छ।
बरामद गरिएका अवैध सामाग्रीहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाले जानकारी दिनुभएको छ ।
