
Rgp
Jns
Dbs
Lnp
Lks
Rgp
Usb
ksb
Ggp
Rgp
Asb
Sgp
Pbu
Dus
Ggp
Rgp
lnp


बाँके । सशस्त्र प्रहरी बियोपी जमुनहाको सशस्त्र प्रहरी टोलीले भारतबाट भित्रिँदै गरेको खसीसहित अवैध सामग्री पक्राउ गरेको छ ।
नेपालगन्ज जमुनहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कुमार कार्कीको कमान्डमा खटेको सशस्त्र टोलीले भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सामाग्री पक्राउ गरेको थियो।
बिशेष सुराकीका आधारमा नायब निरीक्षक कार्कीको कमान्डको टोलीले शुक्रवार साँझ पौने ५ बजे नेपालगन्ज १६ जयसपुर नाका नजिकबाट भारतबाट भन्सार छली गर्दै ल्याइएका ४० हजार रुपैयाँ बराबरका ४ वटा खसी, ९० हजार ६७० रुपैयाँका लत्ताकपडा र मोटरका पार्टसहरु बरामद गरेको हो।
खसी र अवैध सामग्री बरामद गरेपनी सशस्त्र प्रहरीलाई देख्नासाथ तस्करहरु भारततर्फ नै फरार भएको जनाइएको छ।
बरामद गरिएका अवैध सामाग्रीहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाले जानकारी दिनुभएको छ ।
