शिबराज पन्थी/गढवा शनिबार, भाद्र २६, २०७८

दाङ । गढवा २ पचाहाका १८ बर्षिय अनिष चौधरी बुवाआमा नै नभएका अनाथ हुनुहुन्छ । जिविकोपार्जन गर्न आम्दानीको स्रोत पनि छैन । रेडक्रसले दिएको पशुस्वास्थ्य सम्बन्धि भेटेनरी तालिम लिएपछि उहाँलाई बंगुर पाल्न मन लाग्यो तर पैसा भएन ।

यो कुरा रेडक्रसले थाहा पाएपछि चौधरीलाई बंगुर पाल्न भनि तालिम गराएर २५ हजार नगद अनुदान दियो । शुक्रवार बंगुर पाल्न रेडक्रसले पैसा दिदा उहाँ निकै खुसी देखिनुहुन्थ्यो । सोही गाउँका राजकुमार यादवको पनि हालसम्म नागरिकता बनेको छैन । नागरिकता नभएकै कारण बिपन्न परिवारका उहाँले कुनै अवसर नपाएको बताउनुभयो ।

यादवलाई पनि रेडक्रसले आयआर्जनका लागी नगद २५ हजार हस्तान्तरण गरेको छ । गढवा २ पचहियाका अपांगता भएका नागरिक बिन्देश्वर चौधरी हुइलचेयारमा बसेर अनुदानको रकम बुझ्न कार्यक्रम स्थलमा आउनुभयो । किराना पसल गरेर आफ्नो जिविकोपार्जन गर्ने उहाँको लक्ष्य पुरा भएको भन्दै चौधरीले खुसी ब्यक्त गर्नुभयो । सोही वडाको बघमरुवा निवासी लालबहादुर पुनले रेडक्रसबाट बाख्रा पालनको तालिम लिएपछि खोर समेत निर्माण गरेर अनुदानको रकम बुझ्न कार्यक्रममा आउनुभएको हो ।

उहाँ जस्तै अनुदानको कार्यक्रममा छनोट भएका २५ जना बिपन्न र सिमान्तकृत नागरिकहरु आफूले छानेको ब्यवसाय गर्न २५ हजारका दरले अनुदान रकम पाउँदा निकै खुसी भएर घर फर्केका हुन् ।नेपाल रेडक्रस सोसाइटी दाङको इन्कोर परियोजना मार्फत गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा २०७५ देखि हालसम्म ३ सय ८६ जना र राजपुर गाउँपालिकामा ३ सय ६१ जना गरि कुल ७७९ जनालाई जिविकोपार्जनका लागि किसानले छानेको ब्यवसाय गर्न जनही २५ हजार र बोयर बोका समेतको गरि हालसम्म २ करोड १५ लाख बढी रकम अनुदान उपलब्ध गराएको परियोजनाका अधिकृत जगत तामाङले जानकारी दिनु भयो ।

नदी किनारका बस्तिहरुमा बसेका संकटासन्न समुदाय,एकल महिला,अपांगता भएका नागरिक, दलित,बिपन्न र सिमान्तकृत तथा अनाथ वालवालिकाका संरक्षक लाई छानेर आयआर्जनको कार्यक्रममा सपोर्ट गरिरहेको र यो कार्यक्रम किसानका लागि उत्साहित देखिएको परियोजनाका जिविकोपार्जन अधिकृत थानेश्वर पोखे्रलले बताउनुभयो ।

रेडक्रसको २५ हजार अनुदानबाट किसानहरुले चाहेको ब्यवसाय गर्न पाएका छन् । मुलतः नश्ल सुधारका लागि बोयर बोका समेत प्रदानगरि नाका क्षेत्रका नागरिकहरुलाई बाख्रापालनमा अनुदान उपलब्ध गराइएको र यसमा किसानको बढी रुचि देखिएको रेडक्रस इन्कोर कार्यक्रमका फिल्ड अधिकृत देवि प्याुरेलले बताउनुभयो ।

किसानहरुको नामावली छनोट पछि अभिमुखिकरण तालिम,गाउँपालिकासंग समन्वय गरि पशु प्राबिधिक तालिम र गोठ सुधार तालिम दिएर गोठ तयार गरेपछि मात्र अनुदान रकम दिने गरिएको रेडक्रस दाङका सभापति नारायण आचार्यले बताउनुभयो । यत्तिमात्र होइन पशुपालक किसानका लागि पशुबिमाको ब्यवस्था समेत रहेको उहाँले बताउनुभयो ।

रेडक्रस दाङका सभापति नारायण आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा अनुदान वितरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले रेडक्रसको इन्कोर परियोजनासंगको समन्वय सहकार्यमा गढवा गाउँपालिका क्षेत्रमा बिपद् प्रतिकार्य,खोज उद्धार,जिविकोपार्जन र जनशक्ति उत्पादन तथा परिचालन लगायतका महत्वपुर्ण कार्यहरु भएको बताउनुभयो ।

कार्यक्रममा रेडक्रस दाङका उपसभापति मदन गौतम, उपशाखा गढवाका निवर्तमान सभापति मोहनकुमार पाण्डेय,इन्कोर परियोजनाका अधिकृत जगत तामाङ र जिविकोपार्जन अधिकृत थानेश्वर पोखे्रल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण फिल्ड अधिकृत देवि प्याकुरेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]