
Nssbus7
dsbus
Ssbus
Ratbs
Ddhbs
Bksbus5
Csbus
gms
Jsbus
Gsbus
Pbu
Gsl
Amb
Syees
Rbs
syysr

Ssm
nsb
Hal
Ggd
Rgu
Rgs
Bbu
Sbs
Vor
Rgu
Sls
Pvg
Ksm
Asm
Bbbpu
Rsb
Wsp
Tsm
Gst

Ptm
Jmb
Abd
Pls
sab
Rmb
Rpp
Mks
bbt
Jmb
Bml
Syp
Gsb
दाङ । देउखुरी गढवाको कोइलाबास स्थित नेपाल भारतको सिमानाकामा आइतवार नेपाल र भार दुई देशका अधिकारीहरुद्धारा मानव बेचबिखन बिरुद्धको १५ औं दिवस मनाइएको छ । शान्ती पुर्नस्थापना गृह कोइलाबासको आयोजनामा नेपाल र भारत दुई देशका अधिकारीहरुले संयुक्त रुपमा कोइलाबासमा मानव बेचबिखन बिरुद्धको दिवस मनाएका हुन् ।
कार्यक्रममा स्थानीय सरकार गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव,भारतिय सिमा सुरक्षा वल ( एसएसबि) का प्रमुख, नेपाल स्थित शसस्त्र सिमा सुरक्षा प्रहरी वलका प्रमुख माधव ढुंगेल, वडा अध्यक्ष सद्दाम सिद्दिकी र स्वास्थ्य चौकी प्रमुख कृष्ण आचार्य, सिमा प्रहरी चौकी प्रमुख नन्दराम केसी लगायत संघसंस्थाका प्रतिनिधी र महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिनुभयो ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शान्ती पुर्नस्थापना गृहका सुपरवाइजर कैलासु रानाले बिगत ६ महिना अघिदेखि कोइलाबासको नेपाल भारत सिमा नजिकै पुर्नस्थापना गृह संचालनमा ल्याइएको र दुबै देश बिचको समन्वय सहकार्यमा काम गरिरहेको जानकारी गराउनुभयो ।
सिमानामा हुने मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्न द्धिपक्षिय समन्वय र सहकार्य आवश्यक रहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।
मानव बेचबिखन संगठित र जघन्य अपराध भएकोले यसको न्यूनिकरण गर्न हामी सबैको ऐक्यवद्धता जरुरी भएको अध्यक्ष यादवले बताउनु भयो । सिमा क्षेत्रहरुबाट संगठित अपराध गर्नेहरुले नक्कली विवाह, प्रेमजाल, रोजगारीको प्रलोभन र झुठ्ठा आश्वासन, नसालु पदार्थको प्रयोग, ब्यापार गर्ने बाहाना, झुठ्ठा नाता लगायतका बाहानामा सार्वजनिक तथा निजी साधन प्रयोग गरेर मानव बेचबिखन गर्ने कार्यक्रममा बताईएको हो ।
यस्ता बाहानाबाजी गर्नेलाई सिमानामा स्थापना भएको शान्ती पुर्नस्थापना गृहले अनुसन्धान गर्ने गरेको र दुवै देशका सुरक्षा निकायहरुबाट पनि कडा निगरानी गरिने गरेको कार्यक्रममा जानकारी गराइएको हो ।
प्रचलित नेपाल कानून अनुसार मानिस किनने वा बेच्नेलाई बिस बर्ष कैद र २ लाख जरिवाना, बेश्याबृतिमा लगाउनेलाई कसुर हेरेर १० बर्षदेखि १५ बर्ष सम्म कैद र ५० हजार देखि एकलाख सम्म जरिवाना,बेश्यागमन गर्नेलाई एक महिना देखि ३ महिना सम्मको कैद र २ हजार देखि ५ हजार सम्म जरिवाना, किन्ने बेच्ने वा बेश्याबृत्तिमा लगाउने उद्देश्यले मानिसलाई बिदेश लैजानेलाई १० बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने ब्यवस्था रहेको कार्यक्रममा जानकारी गराइएको हो ।
त्यस्तै नेपाल भित्रको एक ठाउँबाट अर्को ठाउँमा किन्ने,बेच्ने वा बेशयाबृत्तिमा लगाउने उद्देश्यले मानिस ओसारपसार गरेमा १० बर्ष कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने र वालवालीका लगेको भए १२ बर्ष कैद र एकलाख जरिवानाको ब्यवस्था रहेको जानकारी गराइएको हो । मानव बेचबिखन मुक्त समाज हाम्रो प्रतिवद्धता, सबैको प्रयास र ऐक्यवद्धता भन्ने मुल नाराका साथ मानव बेच बिखन र ओसार पसार बिरुद्धको दिवस–२०७८ मनाइएको शान्ती पुर्नस्थापना गृह कोइलाबासले जनाएको छ । कार्यक्रम पुर्नस्थापना गृहका सुपरभाइजर कैलासु रानाले संचालन गर्नुभएको थियो ।
