
Ddhbs
Jsbus
Gsl
Ratbs
Pbu
dsbus
Nssbus7
Gsbus
Ssbus
Bksbus5
Csbus
Rbs
gms
Amb

Ssm
nsb
Asm
Pvg
Rgu
Hal
Rgu
Ggd
Sbs
Bbbpu
Vor
Tsm
Rgs
Ksm
Sls
Wsp
Rsb
Gst
Bbu

Bml
Pls
bbt
Mks
Ptm
Syp
sab
Rpp
Jmb
Abd
Jmb
Gsb
Rmb
दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ ।
त्यस्तै पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नु भएको हो । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनु भएको छ। खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनु भएको थियो ।
यस्तै प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ । विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । उहाँ माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बन्नु भएको थियो ।
त्यसैगरी खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । यस्तै निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २ सय १४ गरी जम्मा २ सय ९७ मत खसेको थियो ।
