
Ksm
Pbu
Rbs
gst
Gisld
Anm
Mbdvs
mbd
Sds
Gmk

Rgu
Tsm
Rgu
nsb
Vor
Pvg
Rgs
Wsp
Ggd
Bbu
Bbbpu
Rsb
Sls
Sbs
Gst
Asm
Hal
Ssm
Ksm

Rmb
Bml
Syp
Abd
bbt
Mks
Gsb
sab
Rpp
Pls
Jmb
Jmb
Ptm
बुटवल । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् ।
बुधबार राति तीन जनाको समूहमा एउटा मोटरसाइकलमा आएका उनीहरुले माओवादी केन्द्रका जिल्ला सदस्य ३५ वर्षका दीपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तरमाथि गोली प्रहार गरेका प्रहरीको दावी छ । पक्राउ परेका दुवै जनाले आफूहरुले गोली चलाएको प्रहरीसामु स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
बुधबार राति कपिलवस्तु नगरपालिका– ६ स्थित थुमुवा तौलिहवा सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली प्रहार गरेका थिए । घटनामा संलग्न एक जना पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाण्डेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य रहेको र उनी उपचारपछि घर फर्केको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । व्यक्तिगत रिसइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए । साभार अनलाइन खबर
