Sidha Patra मंगलबार, बैशाख ०७, २०७८

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै मङ्गलवबार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार आठ सय ६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय ५९ रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]