
Rgp1
Pbu
Djs
Rgp
Lnp
sbs
cjs
Pes
Gfs
Ggp
pku
Unsku
Sgr
Srbpu

Pvg
Sls
Wsp
Ggd
Bbbpu
Bbu
nsb
Vor
Asm
Rsb
Rgs
Rgu
Hal
Rgu
Tsm
Sbs
Ssm
Ksm
Gst

sab
Pls
Bml
Jmb
Rpp
Gsb
Jmb
Mks
bbt
Syp
Rmb
Abd
Ptm
दाङ । दाङमा ११ औँ चरणमा भोली देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ । यसवर्ष जिल्लाका ६ लाख ५५ हजारभन्दा धेरै नागरिकलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य लिईएको छ ।
स्वास्थ्य कार्यालय दाङले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरेर यस पटक ६ लाख ५५ हजार ७ सय ६१ जना नागरिकलाई औषधी खुवाउने लक्ष्य राखिएको जनाएको हो । जसको लागी ५ सय ५४ जना स्वास्थ्यकर्मी र ९ सय ३३ महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने छ ।
शिक्षित बर्गहरुले नै औषधी नखाँदा दाङमा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको भन्दै हात्तिपाईले रोगबाट बच्न सबैले औषधी शेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले बताउनु भयो ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीको अध्यक्षतामा गरिएको कार्याक्रममा भोली देखी ३१ गते सम्म चल्ने अभियानमा सहभागी भएर हात्तिपाईले रोग विरुद्धको औषधी शेवन गर्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।
गत पुस ६ गते स्वास्थ्य कार्यालयले दाङका २ हजार ५ सय ४२ जनामा परिक्षण गर्दा १ सय ५८ जनामा हात्तिपाईले रोगको संक्रमण देखिएको थियो । गत बर्ष दाङमा ६५ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दाङका फोकलपर्शन कमल चन्दले नागरिकलाई स्वस्थ र निरोगी बनाउन सरकारले औषधी खुवाउने अभियान ल्याएकाले सबैलाई औषधी सेवन गर्न आग्रह गर्नु भएको छ ।
