Sidha Patra बिहिबार, चैत्र १९, २०७७

दाङ । दाङमा ११ औँ चरणमा भोली देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ । यसवर्ष जिल्लाका ६ लाख ५५ हजारभन्दा धेरै नागरिकलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य लिईएको छ ।

स्वास्थ्य कार्यालय दाङले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरेर यस पटक ६ लाख ५५ हजार ७ सय ६१ जना नागरिकलाई औषधी खुवाउने लक्ष्य राखिएको जनाएको हो । जसको लागी ५ सय ५४ जना स्वास्थ्यकर्मी र ९ सय ३३ महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने छ ।

शिक्षित बर्गहरुले नै औषधी नखाँदा दाङमा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको भन्दै हात्तिपाईले रोगबाट बच्न सबैले औषधी शेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले बताउनु भयो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीको अध्यक्षतामा गरिएको कार्याक्रममा भोली देखी ३१ गते सम्म चल्ने अभियानमा सहभागी भएर हात्तिपाईले रोग विरुद्धको औषधी शेवन गर्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।

गत पुस ६ गते स्वास्थ्य कार्यालयले दाङका २ हजार ५ सय ४२ जनामा परिक्षण गर्दा १ सय ५८ जनामा हात्तिपाईले रोगको संक्रमण देखिएको थियो । गत बर्ष दाङमा ६५ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका फोकलपर्शन कमल चन्दले नागरिकलाई स्वस्थ र निरोगी बनाउन सरकारले औषधी खुवाउने अभियान ल्याएकाले सबैलाई औषधी सेवन गर्न आग्रह गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]