
Pbu
Ksm
Sds
Anm
Gisld
Gmk
Rbs
Mbdvs
mbd

Ggd
Wsp
Pvg
Rsb
Bbu
Vor
Gst
Asm
Rgs
Ssm
Rgu
Hal
Ksm
Bbbpu
Sbs
nsb
Tsm
Sls
Rgu

Pls
Abd
Syp
Ptm
Gsb
Jmb
sab
bbt
Bml
Mks
Rmb
Jmb
Rpp
दाङ । दाङमा लगातार १० औं पटक हात्तीपाईले विरुद्धको औषधी खुवाउदा पनि हात्तीपाईले रोग निवारण हुन सकेको छैन । लगातार ६ बर्षसम्म औषधी खुवाउँदा रोग निवारण हुनुपर्ने भएपनि त्यसो नहुँदा पुनः ११ औं पटक जिल्लामा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ ।
गत चैत २० गतेदेखि दाङमा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताउनु भयो । हात्तीपाईले निवारणकालागि जिल्लामा १ प्रतिशत भन्दा कम हुनुपर्ने भएपनि अझै ६ प्रतिशत हात्तीपाईले रोगको लक्षण देखिएपछि पुनः ११ औं पटक औषधी खुवाउन थालिएको हो ।
त्यस्तै आर्थिक बर्ष २०६७/०६८ सालदेखि दाङमा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको हो । जतिबेला दाङमा ३० प्रतिशतमा हात्तीपाईले रोगको लक्षण थियो । लगातार पाँचौ पटक औषधी खुवाएपछि गरिएको सर्वेक्षणमा अझै १२ प्रतिशतमा हात्तीपाईलेको लक्षण थियो । हुनुपर्ने १ प्रतिशत भन्दा कम हो, तर १२ प्रतिशतमा लक्षणदेखिएपछि पुनः २ बर्ष औषधी खुवाउने कार्यक्रम थप गरियो ।
त्यसको दुई बर्ष पछि पुनः सर्वेक्षण गर्दा ६ प्रतिशतमा हात्तीपाईलेको लक्षण देखियो । त्यसपछि पुनः कार्यक्रम थप गरिएको हो । अहिलेसम्म पनि जिल्लामा हात्तीपाइले निवारण हुन नसक्नु दुःखद भएको फोकल पर्सन चन्दको भनाई छ । “सबै नागरिकले औषधी खाएको भए ६ बर्षमै निवारण भइसक्थ्यो,उहाँले भन्नु भयो । “सबैले औषधी नखाँदा यस्तो समस्या आयो ।” नागरिकले आफूमा हात्तीपाइले रोग छैन्, किन खाने भन्ने मान्यता रहेकाले यसमा थप चुनौति थपेको उहाँको भनाई छ ।
विगतमा स्वयंसेविकाहरुले औषधी खुवाउने गरेको भएपनि यस बर्ष भने स्वास्थ्यकर्मीले नै औषधी खुवाउने उहाँले बताउनु भयो । औषधी खाएपछि हात्तीपाईलेका लक्षण हुनेहरुलाई नै टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिने भएकाले यसकै त्रासमा औषधी खान नमान्ने गरेको भन्दै यस विषयमा सचेतना प्रदान गर्न आबश्यक रहेको उहाँले बताउनु भयो ।
त्यस्तै अर्कोतर्फ हात्तीपाईले विरुद्धको औषधी २/४ वटा ट्याब्लेट हुने भएकाले धेरै जस्तो देखिने र खान नमान्ने गरेको स्वास्थ्यकर्मी यज्ञ केसीले बताउनु भयो ।“ यो औषधी स्वास्थ्यकर्मीकालागि मात्रै हो भन्ने ठान्नु हुन्छ”, उहाँले भन्नु भयो । “स्वास्थ्यकर्मीकालागि मात्रै खाइदिनु पर्छ,भन्ने मान्यता छ ।”
यस्तै अहिले फिल्डमा शून्य तर, कागजमा मात्रै ९० प्रतिशतले औषधी खाएको जस्तो देखिने भन्दै अब हात्तीपाईले विरुद्धको औषधी खुवाउनकालागि नयाँ रणनीति थाल्नुपर्ने स्वास्थ्यकर्मी बसन्त आचार्यले बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन महाशाखाको आयोजनामा तुलसीपुरमा भएको हात्तीपाइले रोग विरुद्धको आम औषधी वितरण अभियान तथा पालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्यकर्मीहरुले यस्तो बताएका हुन् ।
त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले राज्य र नागरिकबीचको खाडलले गर्दा हात्तीपाइले रोग निवारणमा समस्या देखिएको बताउनु भयो । नागरिकले जनताको विश्वास नगर्दा यस्तो समस्या देखिएको उहाँको भनाई छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले हात्तिपाइले रोग निवारणमा सञ्चार माध्यामको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । कार्यक्रमको सहजीकण जनस्वास्थ्य निरीक्षक विमल केसीले गर्नु भएको थियो ।
