
Lnp
sbs
Pes
Sgr
Ggp
Unsku
pku
Djs
Rgp1
cjs
Gfs
Srbpu
Rgp
Pbu

nsb
Bbu
Sls
Hal
Ssm
Vor
Asm
Pvg
Bbbpu
Rgu
Tsm
Rgu
Ggd
Gst
Ksm
Rsb
Rgs
Wsp
Sbs

Jmb
Pls
Bml
Jmb
Ptm
Abd
bbt
sab
Mks
Syp
Rmb
Gsb
Rpp
झापा। जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् ।
त्यस्तै हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५३ जना रहेको बताउनु भयो । उहाँले यही चैत २० गते १०औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने जानकारी दिनु भयो । ९ लाख ३४ हजार ७०० जनसङ्ख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको बताउनु भएको छ ।
यस्तै हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रदेश नं १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने बताउनु भयो । उहाँले अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको जानकारी दिनु भयो ।
त्यस्तै सबैलाई‘औषधि एकपटक वरदान हो,नखाए सधैँको लागि अभिशाप हुन्छ’भन्ने नाराका साथ अभियानलाई सफल पार्नका लागि विद्यालय,कार्यालय,इँटाभट्टा तथा चियाबगान,सेना,सशस्त्र तथा प्रहरी क्याम्प,शहरबजार बस्ने मानिसलाई नछुटाइने कार्यालयले जनाएको छ । हात्तीपाइले रोगको औषधि झापामा आज कार्यालयमा आइपुग्ने कार्ययोजना रहेको फोकल पर्सन चौलागाईँले जानकारी दिनु भयो । उहाँले औषधि आएपश्चात तत्काल स्थानीय तह र जिल्लाका स्वास्थ्य कार्यालयमा पुर्याइने बताउनु भयो । उहाँका अनुसार जिल्लाका १५ वटै पालिकामा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई तालिम दिने काम भइरहेको छ । उहाँले जिल्लामा रहेका ५० हजार सिकिस्त बिरामी, ३८ हजार २९० दुई वर्षमुनिका बालबालिका र ३० हजार गर्भवती तथा सुत्केरी महिलालाई भने यस रोगको औषधि सेवन नगराइने बताउनु भयो ।
