Sidha Patra बुधबार, साउन २०, २०८३

कञ्चनपुर । विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षमा सम्राट सिंह चयन भएका छन् । संघले उनलाई संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

सिंहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै राष्ट्रिय सम्मेलन सम्पन्न गराउने महत्वपूर्ण दायित्वसमेत आफ्नो काँधमा आएको बताएका छन् । उनले संगठनलाई थप सुदृढ बनाउँदै साझा संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत रहेका सिंह विश्व हिन्दु युवा संघका सुदूरपश्चिम प्रदेश इञ्चार्ज समेत हुन् । युवामाँझ निकै लाेकप्रिय रहेका उनले यसअघि शिव सेना नेपालको नेतृत्वसमेत गरेका थिए । लामो समयदेखि हिन्दू धर्म, संस्कृति तथा हिन्दू राष्ट्रको पक्षमा विभिन्न अभियान सञ्चालन गर्दै आएका उनी धार्मिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

दार्चुलाको मार्मा पुर्ख्यौली घर भएका सिंह लामो समयदेखि कैलालीको अत्तरिया बजारमा बसोबास गर्दै आएका छन् । उनले कञ्चनपुरको महेन्द्रनगर स्थित जनज्योति बहुमुखी क्याम्पसबाट आफ्नो अध्ययन पूरा गरेका हुन् । विद्यार्थी जीवनदेखि नै सामाजिक र धार्मिक गतिविधिमा सक्रिय रहेका उनी पछिल्ला वर्षहरूमा राजनीतिक अभियानमा पनि अग्रसर छन् ।

राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा बलियो जनसम्पर्क बनाएका सिंहले हिन्दू राष्ट्रसम्बन्धी अभियानका सिलसिलामा स्वदेश तथा विदेशी मुलुकको भ्रमण गरेका छन् । राजनीतिमा सक्रिय हुनुअघि उनी गीत–संगीत र मोडलिङ क्षेत्रमा पनि परिचित थिए। २०६५/०६६ सालतिर ‘चौलानीका छालैछाल’ बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका सिंहका कतिपय गीत तथा एल्बम सार्वजनिक भएका थिए । केही समय मनोरञ्जन क्षेत्रमा चर्चा बटुलेपछि उनी पूर्ण रूपमा सामाजिक, धार्मिक र राजनीतिक अभियानमा सक्रिय बनेँ ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्राट सिंहले संगठनका प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, विभागीय संयोजक तथा कार्यकर्तालाई राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न आग्रह गरेका छन् । संगठनको गरिमा, उद्देश्य र एकतालाई आत्मसात् गर्दै साझा प्रयासबाट संगठनलाई थप सशक्त बनाइने उनले बताएका छन् ।

त्यस्तै,सिंहले आफूलाई जिम्मेवारी प्रदान गरेको भन्दै विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारी लगायत महासंघका पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरेका छन् । प्राप्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै संगठनलाई देशव्यापी रूपमा सुदृढ बनाउने प्रतिबद्धता उनले जनाएका छन् ।रेडियो सुदुरसञ्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]