
Sys
Gsbus
Ssbus
Rg-9
jmb
Ppu
jms
Asm
smb
gms
Bpb

kbs
Asm
Dps
Hl1
Ln3
bml
Ln9
Ln7
Gsb
Sbs
bmj
Ln2
Tsb
Gg5
Ln1
Rys
Usb
Ln8
Ssb
cks

Gg2
Gg6
Sbs
Jab
Rgu
Nps
Ksb
Snk
Sml
Sab
Bpb
Gjl
Gg3
Jpb
Rss
Gg4
ptl
दाङ । देउखुरी उद्योग बाणिज्य संघको नया कार्यसमिति चयनका लागि यही २५ गते निर्बाचन हुने भएको छ ।
बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको हो । लमही नगरपालिका केन्द्रित देउखुरी उद्योग बाणिज्य संघको चुनावी माहोल अहिले तातिएको छ । निर्बाचन संयोजक लिलाराम खनालका अनुसार सहमतीमा नया कार्यसमितिको टुँगो लगाउने कसरत भईरहेको छ । तर, अझै भन्न सकिने अबस्था चाहिँ छैन, उम्मेद्वारी सहमतीमा नआए चुनाब निश्चित हो उहाँले भन्नु भयो । यो भन्दा अगाडि तामझाम सहित चुनाबबाटै कार्यसमिति टुँगो लगाएको बाणिज्य संघको अहिलेको चुनाबी माहोल भने केही फितलो छ । ब्यबसायी हरुपनि सहमतीमा जाने अनुमान गर्न सकिन्छ ।
निर्बाचन कार्यक्रम अनुसार यहि २१ गते १ बजे मतदाता नामावली प्रकाशन, सोही दिन १ देखि ४ बजेसम्म मतदाता नामावलीमा दावी र ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । त्यस्तै २२ गते ९ देखि १ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता, सोहीदिन ३ बजे उम्मेदवारीहरुको नामावली प्रकाशन र ३ देखि ५ बजेसम्म उम्मेदवारी माथी दाबी बिरोध गर्न सकिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै २३ गते ११ बजे मनोनयन फिर्ता, १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोहिदिन १ बजेसम्म नमुना मतपत्र प्रदान र १ बजेदेखी २४ गते बेलुका सम्म प्रचार प्रसार गर्ने कार्यक्रम रहेको निर्बाचन संयोजक लिलाराम खनाल, सदस्यहरु प्रकाश कुमार जिसी र नवाफ अलि द्वारी हस्ताक्षेरित बिज्ञप्तीमा जनाईएको छ । चुनाब प्रचार प्रसार पश्चात् फागुन २५ गते बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म लमहीको सार्बजनिक बगैचामा मतदान हुने जनाईएको छ ।
एकहजार बढि मतदाता रहेको देउखुरी उद्योग बाणिज्य संघको कार्यसमितिमा एकजना अध्यक्ष, २ उपाध्यक्ष, १ कोषाध्यक्ष, १ महासचिब, १ सचिब, ५ जना खुल्ला सदस्य र २ जना महिला सदस्य गरि १३ जना रहने प्राबधान रहेको छ ।
