ओमप्रकाश गुप्ता बुधबार, पुष २४, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी हाल डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा फ्रिज र खाट सहयोग गरेका छन् ।

छोरा शास्वत अधिकारीको पहिलो जन्म दिनको अवसर पारेर डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारी र निशा जोशी अधिकारीले पठाएको रकमबाट बुवा थानेश्वर अधिकारी तथा आमा तारादेवी अधिकारीले मंगलवार राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रमलाई करिव ४० हजार रकम बराबरको १ वटा फ्रिज र १ वटा खाट हस्तान्तरण गरेका छन् ।

जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै अधिकारी परिवारले जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत सडक मानब आश्रितहरुलाई निलसागर सेवा आश्रममै पुगेर फ्रिज र खाट प्रदान गरेका हुन् । जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, हजुरबुवा थानेश्वरले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिए । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने अधिकारीले बताए । आश्रममा आएर थोरै भए पनि जन्म दिनको अवसरमा सहयोग गरेकोमा निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले धन्यवाद दिनुका साथै जन्म दिनको शुभकामना दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]