शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, पुष १३, २०८१

दाङ । गढवा क्षेत्रमा महिलाहरुले मात्र सञ्चालन गर्दै आएको नवस्वर्गद्धारी महिला बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सिर्जना घिमिरे रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहकारी संस्थाहरुमा देखिएको बिकृति र बिसंगतिलाई चुनौति दिन गढवाका सहकारीहरुले शुसासन र पारदर्शिताका साथ काम गर्न आग्रह गरे । सहकारी ऐन, नियमावली र मार्गदर्शन बमोजिम सहकारीहरु सञ्चालन भएमा कुनै प्रकारको समस्या नआउने भन्दै स्थानीय सरकारले सहकारीहरुको नजिकबाट नियमन र अनुगमनको काम गरिरहेको उनले बताए ।कार्यक्रममा चेतनशिल महिला सहकारी संस्थाका अध्यक्ष सकुन्तला डिसी, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, जनप्रतिनिधी कमला नेपाली, पुर्व अध्यक्ष तथा न्यायीक समितिका सदस्य रेखा थापा, गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका प्रतिनिधी रिता चौधरी र सल्लाहकार सिता पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष उषा पाण्डेयले आर्थिक प्रतिवेदन र सचिव लक्ष्मी सुवेदीले संस्थागत प्रतिवेदन र निति कार्यक्रम प्रस्तुत गरेकि थिइन् । बिर्जा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभा कार्यक्रमको सहजिकरण संस्थाका ब्यवस्थापक सिटुल कुमालले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]