Sidha Patra शनिबार, पुष १३, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महा-सचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा भुसालले आफ्नो बिरोध गर्नेलाई केपी ओलीले सत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका हुन् । अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए । उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरेका छन् ।

त्यस्तै भुसालले सहकारी प्रकरणमा भएको छानविनमा केही गडबड भएको महशुस आफुलाई भएकाले निष्पक्ष न्यायीक छानबिन हुनुपर्ने बताए । रवि लामिलानेलाई इश्र्याका कारण केहि दुःख दिएको हुनसक्ने उनले बताए । यस्तै महा-सचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।

यस्तै मुलुकको सवै समस्याका साथै हक अधिकार स्थापीत गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । भुसालले गणतन्त्रका नेता भनेका राजनीतिक पार्टीहरुले आफ्नो औचित्य निरन्तर गुमाउन थालेकाले नयाँ व्यवस्थाका लागि जिम्मेवारी पार्टी निर्माणका लागि राम्रो अवसर प्राप्त भएको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]