
Jsbr-3
Gsbg-3
ksbl-7
Jsbg-7
Pbu
Rksr-7
Usbl-7
Gsbr-6
Csbg-7
Msbg-2


दाङ । वडा प्रहरी कार्यालय लमहीको नागरिक सुनुवाइ कार्यक्रम शुक्रबार देउखुरीको लमहीमा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले अपराध न्यूनीकरण र शान्ति सुव्यवस्था कायम राख्न सामुदायिक प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाउनमा सबैको चासो हुनु पर्ने बताएका छन् । उनले नागरिकका समस्या समाधान गर्न प्रहरी र जनप्रतिनिधि मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताको सेवामा प्रभावकारी सेवा प्रदान गर्न उनले दुवै पक्षले आपसी समझदारी र समन्वयका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
त्यस्तै बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय दाङले देउखुरीमा टाइमकार्ड लागु गर्ने भएको छ । प्रवक्ता डिएसपी थापाले दिनहुँजसो राजमार्गमा दुर्घटना भएको भन्दै न्यूनीकरणका लागि पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही – भालुवाङ सडक खण्डमा टाइमकार्ड लागु गर्न लागेको जानकारी दिए ।
वडा प्रहरी कार्यालय लमहीको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै प्रवक्ता थापाले नागरिकहरुले दाङ देउखुरीमा अत्याधिक दुर्घटना भएकोमा चिन्ता व्यक्त गरे पछि उनले साँझ ४ बजेदेखि बिहान ८ बजेसम्म लमहीदेखि भालुबाङमा सबै ठुला साना सवारी साधनलाई ३ महिनाका लागि परिक्षणका रुपमा टाइमकाड लागू गरिने बताएका छन् ।
पुस महिनामा मात्र झन्डै एक दर्जन नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । केहि समययता जिल्ला प्रहरी कार्यालय सहित वडा प्रहरी कार्यालय लमहीले लागु औषध नियन्त्रण, वन पैदावर, चोरी निकासी नियन्त्रण, होटलमा हुने अवैध कृयाकलाप नियन्त्रण, नदीजन्य पदार्थ उत्खनन नियन्त्रणमा सक्रिय भूमिका खेल्दै आएको प्रहरीले दुर्घटना न्यूनीकरणमा पनि उतिक्कै सक्रिय रुपमा लागेको उनको भनाई रहेको छ ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष ओम प्रसाद सुवेदीले नागरिकका समस्या वडाको समस्या भएकोले नागरिकलाई समस्या पर्दा वडा कार्यालय साथमा रहेको बताए । कार्यक्रममा नागरिकहरुले प्रहरीले प्रदान गरेको सेवा प्रभाह चित्त बुझ्दो रहे पनि केही कानूनी प्रावधानले असजिलो रहेको बताएका छन् ।
यस्तै देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड एउटा उत्तम विकल्प भएको र यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको बताए । जिल्लामा साँघुरा बाटो भएको र ओभरटेक गर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै त्यसलाई रोक्न टाइमकार्ड लागु गर्नु राम्रो भएको उनको भनाई रहेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किरण विक्रम शाहले नागरिक विच शान्ति सुरक्षा कायम गर्न सामुदायिक सेवा केन्द्र र प्रहरीको साझेदारी रहने बताए । त्यस्तै उक्त कार्यक्रमको सहजीकरण वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसाल गरेका थिए ।
