प्रिया स्मृती गजमेर/लमही शुक्रबार, पुष १२, २०८१

दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको सुमधुर आवाजमा झोला भिरेर बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायक स्वर्णकारले आफ्नै गुड भ्वाइस स्टुडियो नामक अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द रहेको यस गीतको संगीत स्वयम गायक स्वर्णकारको रहेको छ भने संगीत सन्तोष सुनामले गर्नु भएको छ ।

समय सान्दर्भिक र सन्देश मुलक गीत रहेको छ । यस गीतमा उमेर हुँदासम्म परदेश हिड्नु परेको, साहुको ऋण तिर्दैमा समय खर्चेको, देशमा बस्दै गर्दा चुल्हो बाल्न धौ भएको, घरखर्च चलाउनै मुस्किल भएको, उता ब्याजमा लिएको ऋणले गर्दा साहु बैंकले सताएको जस्ता मर्मस्पर्शी शब्द संयोजन भएका छन् । घरपरिवार छोडेर कसलाई परदेश हिड्न मन हुन्छर तर के गर्नु साहु महाजनको ऋणल गर्दा परिवारदेखि धेरै टाढा जानु पर्दाको बाध्यता यस गीतको शब्दले झल्काएका छन् ।

जेनतेन भएपनि आफ्नै घरखेत गरेर परिवारसंग रमाईरहेको एउटा युवा बाध्यताले घर छोड्न बाध्य बनाएको भाव यस गीतमा पोखिएको छ । सानो इलम गर्न सहकारी र बैंकसंग लिएको पैसाको ब्याज तिर्नकै लागि भएपनि युवा प्रदेश जान विवश हुने गरेको हिजआजको सत्य फरक घटनालाई पनि यस गीतमा समेटिएको छ । पछिल्लो समय त झन सहकारी र बैंकको पैसा लिएर तिर्न नसक्दा घरबार विहिन हुनु परेको, परिवार नै छिन्नभिन्न भएको र अन्तमा आत्महत्या जस्ता डरलाग्दा घटना घट्ने गरेको छ ति कुरालाई पनि गीतकारले शब्दमा उनेर गीतमा जोडेका छन् ।

गायक स्वर्णकारले आवाज दिएका थुप्रै भाषाभाषीका गीतहरु छन जसलाई गुड भ्वाइस स्टुडियो नामक अफिसियल युटुब च्यानलमा हेर्न सकिन्छ । अब केहि दिनपछि संचारकर्मी प्रिया स्मृती गजमेरकै शब्द तथा ज्ञानेन्द्र स्वर्णकारको आवाजमा ए हजुर बुढो मान्छे म बोलको गीत स्रोता माझमा ल्याउने तयारी रहेको गायक स्वर्णकारले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]