तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, पुष १०, २०८१

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक विकास मन्त्री इन्द्रजित थारुले क्रिसमस पर्वले राष्ट्रिय एकता,धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

बुधबार राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा सिसहनियाँ सु-समाचार मण्डलीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा मेरी क्रिसमस २०८१ कार्यक्रममा बोल्दै उनले नेपाललाई बहुजातीय,बहुभाषिक,बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्रका रूपमा व्याख्या गरे ।

उनले भने, “संविधानले प्रत्येक नागरिकलाई आफ्नो आस्थाअनुसार धर्म अवलम्बन र अभ्यास गर्ने मौलिक हक प्रदान गरेको छ । राज्यको धर्मनिरपेक्ष नीतिले विभिन्न जाति,धर्म,भाषा,संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव,सहिष्णुता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्‍याएको छ। हामी सबैले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने साझा जिम्मेवारी पूरा गर्न क्रिसमसजस्ता पर्वले प्रेरणा दिन्छन् ।”

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपाली समाजमा धार्मिक सहिष्णुता र साझा संस्कृतिको महत्त्व झल्काउने पर्वका रूपमा क्रिसमसको चर्चा गर्दै इसाई समुदायलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी,वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरी,कार्यपालिका सदस्य सावित्री चौधरी, समाजसेवी,बुद्धिजीवी,सञ्चारकर्मी,इसाई धर्मावलम्बी लगायत स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

त्यस्तै साे मण्डलीले जेष्ठ नागरिक र विद्यार्थीहरूलाई विभिन्न सामग्री वितरण गर्दै सम्मानसमेत गरेको थियो । मण्डलीका पास्टर निशु प्रसाद चौधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक विकास मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमको सहजीकरण गरिबु थारुले गरेका थिए भने धन्यवाद ज्ञापन जोसेफ चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]