
Ppu
Gsb
Csb
Bsn
Fmb
jsb
Ksb
Nsb
Ksb
Tgp
Rsb
Ssb
Usb
Ksb
Rks
Ssb

Hl1
Ssb
Gsb
Usb
Tsb

ptl
Rgu
Nps
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोला स्थित शंकर सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारण सभा मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
समूहका अध्यक्ष धनलाल पुनको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ राजपुरका अध्यक्ष रामवरण यादवको प्रमुख अतिथि एवं सव डिभिजन वन कार्यालय बेलाका प्रतिनिधि नवल शाहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि यादवले सामुदायिक वन समुदायसंग प्रत्यक्ष जोडिएको एउटा संस्था भएको हुँदा यस संस्थालाई संचालन गर्न नेतृत्व पंतिले विशेष ध्यान दिएर कार्य गर्नुपर्ने बताएका छन् ।
त्यस्तै उनले सामुदायिक वनबाट दिनुपर्ने सेवाहरु समूहको विधान र निति-नियममा टेकेर उपभोक्ताको माग अनुसार सेवा प्रदान गर्न समितिलाई आग्रह गरे । समूहलाई आफूले दिनुपर्ने सहयोग निरन्तररुपमा कन्जुस्याइँ नगरी दिने समेत बताए ।
समूहका कोषाध्यक्ष कमान सिं वलीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा शंकर आधारभूत विद्यालय करङ्गाका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्ला,राजपुर गाउँपालिका वडा नम्बर ३ का सहसचिव साधाराम यादव,जनकल्याण सामुदायिक वन उपभोक्ता समूह भैसहवाका अध्यक्ष लिलाराम यादव,ज्यामिरे सामुदायिक वन उपभोक्ता समूह मुङ्ग्रेठा खोलाका अध्यक्ष नरबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समूहको वार्षिक आयव्यय कोषाध्यक्ष कमा सिं वलीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य झुपलाल वलीले गरेका थिए ।

