Sidha Patra आइतबार, पुष ०७, २०८१

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ ।

स्थानीय वन,जंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवर्धन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर –४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जनप्रतिनिधिसंगको भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गरिने बताएका छन् । ‘स्थानीय उत्पादनलेनै आर्थिक विकास बढ्छ । सरकारले पनि स्थानीय उत्पादन बढाउनेगरी नीति तथा कार्यक्रम बनाएको छ’उनले भने,‘स्थानीय स्तरमा रोजगारी सृजना, स्थानीय कच्चापदार्थको सदुपयोग र आर्थिक आयस्तर बढाउन घरेलु तथा साना उद्योगले पुर्‍याएका छन् ।’

त्यस्तै भेटमा उद्यमी जिसीले नेपाली हातेकागज कारखाना स्थापना गरेको, बार्षिक एक करोड बढीको कारोबार गरिरहेको, २० जनालाई प्रत्येक्ष रोजगारी दिएको मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए । ‘बनकसलाई नेपाली कागज बनाउन प्रयोग गरीरहेका छौं । यो बनकस हरेक बर्ष सदुपयोग नभएर डढेलो लागेर खरानी हुन्थ्यो’उद्यमी जिसीले भने,‘गत बर्ष १५ लाख रुपैयाँको बनकस खरिद गरे । अहिले २० लाखको बनकस खरिद गर्ने योजना छ ।’ सरकारी कामकाजमा स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रयोगमा ल्याउन उद्यमी जिसीले अनुरोध गरे ।

‘स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रदेश सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउदा हामीहरुलाई पनि हौसला थपिने थियो ’जिसीले भने,‘प्रदेश सरकारले उद्योगको स्तरबृद्धि गर्न पनि सघाउने आशा गरेको छु ।’ उद्योगले स्थानीय उपभोक्ताबाट बनकस खरिद गर्दै आएको छ । लोक्ता भने बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छ । यहाँ उत्पादन भएको नेपाली कागज देशका ठूला शहरमा पुगेको,नेपाली कागज उत्पादन गर्न भ्याई नभ्याई भएको उद्यमीको भनाई छ ।

यस्तै परिवारका सदस्यले सुरु गरेको घरेलु उद्योगबाट उत्पादन भएको कागजले राम्रो बजार पाइरहेको छ । अव उद्योगलाई स्तरबृद्धि गरेर थप २० जनालाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको उद्यमीको भनाई छ । जिसीको परिवारले २०७९ फागुन १९ गतेबाट ४५ लाखको लगानीमा राप्ती नेपाली हातेकागज कारखाना स्थापना गरेर नेपाली कागज उत्पादन गर्दै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]