
Ssbus
jms
gms
Ppu
Gsbus
Sys
smb

bml
cks
Hl1
Ln9
Ln7
Gg5
Usb
Ln8
bmj
Ln2
Gg1
Gsb
Dps
kbs
Ln3
Ln1
Rys
Sbs
Ssb
Tsb

Gjl
Jab
Bpb
Jpb
Ksb
Nps
Gg3
Gg4
Sml
Sbs
Gg2
Snk
Rss
ptl
Sab
Rgu
Gg6
गुल्मी । आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेका छन् । बिहीबार स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको आरोप लगाए । लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि प्रहरी नियन्त्रणबाट छोडिएको उनको भनाई छ ।
त्यस्तै सेवाग्राहीकै काम गर्दागर्दै रात पर्ने अवस्थामा कार्यालय समयपछि कालिगण्डकी गाउँपालिका अध्यक्ष शाखामा पसेर स्क्यानर फुटालेको राहादानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले बताए । उनले सिसि टिभी फुटेज सुरक्षित भएकाले कर्मचारीले फुटाले भनेर गरिएको आरोप निराधार भएको बताए । उनले एक जनाको बिषयमा गाउँपालिका अध्यक्षले स्क्यानर फुटालेकाले सवै कालिगण्डकीको बिषयमातर्क दिन नहुने बताए ।
यस्तै राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीका अनुसार बिहीबार र शुक्रबारका ४०–४० वटा टोकन वितरण भइसकेकोमा शुक्रबार राहदानीको काम नहुने बताए ।
त्यस्तै नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले सवैखाले समस्या वार्ता र संवादको माध्यमबाट गर्नुपर्ने बताए । उनले भूगोलको समस्या उठान पनि तर्कसंगत भएकाले सेवा प्रभावित हुने गरेर सार्वजनिक सम्पति क्षति गर्न नहुने तर्क गरे ।
यस्तै अध्यक्ष थापामगरले भने टाढाबाट आएका कालीगण्डकीका नागरिकलाई सेवा दिन गरिएको आग्रह कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए । ‘पहिला आउनेले टोकन पाउँछन्, कालीगण्डकी टाढा भएकाले त्यहाँका नागरिक प्रशासन आइपुग्दा टोकन सकिन्छ,’ उनले भने, ‘न्यायोचित सेवाप्रवाह हुनुपर्छ । मैले सिस्टमको विरोध गरेँ, नागरिकलाई सेवा दिन गरिएको माग सुनिएन । आवेगमा स्क्यानर फुटाएँ ।’नयाँपत्रीका
