
Ksb
Ppu
Rsb
Ssb
Gsb
Csb
Nsb
Bsn
Fmb
jsb
Rks
Ksb
Tgp
Usb
Ssb
Ksb

Tsb
Ssb
Hl1
Gsb
Usb

ptl
Rgu
Nps
दाङ । तुलसीपुरमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । तुलसीपर उपमहानगरपालिका वडा नम्बर –२ भमके निवासी २९ बर्षीय चित्र बहादुर बुढाथोकीले ३२ बर्षीया श्रीमती हस्ति कुमारी बुढाथोकीलाई सामान्य बिबादका कारण दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बुधबार आज बिहान १० बजेको समयमा घरमा कोही नभएको अवस्थामा श्रीमतीको हत्या गरी फरार रहेका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवा ११ बजेको समयमा तुलसीपुर–७ कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
त्यस्तै प्रहरी निरीक्षक थापाका अनुसार चित्र बहादुरले श्रीमतीको हत्या गरेर फरार भएको भनेर साढे १० बजेको समयमा प्रहरीलाई खबर आएको थियो । त्यस लगत्तै खोजतलास गर्दै जाने क्रममा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
