
Ssb
Gsb
Ppu
Usb
Ksb
Ksb
Rks
Nsb
Ksb
Fmb
Ssb
Rsb
Csb
jsb
Tgp
Bsn

Usb
Hl1
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदा अवधिभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।
आज गृह जिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका हुन् । निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढेका हुन् । मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दशैं विदाभरीका लागि फिर्ता गरेका छन् । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।
उनले सुशासन कायम गर्न मुख्यमन्त्रीले दशैं विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।
