
sbs
cjs
Rgp1
Pes
Pbu
Sgr
Lnp
Unsku
Srbpu
Ggp
pku
Gfs
Rgp
Djs

Ssm
Vor
Rgu
Asm
Rgu
Ksm
Bbu
Wsp
Ggd
Hal
Pvg
Rgs
Rsb
Tsm
nsb
Bbbpu
Gst
Sbs
Sls

Ptm
bbt
Rmb
sab
Bml
Mks
Rpp
Syp
Gsb
Jmb
Abd
Jmb
Pls
दाङ । गढवा स्वास्थ्य चौकीले सोमवार एक कार्यक्रमका विच स्वास्थ्य संस्थाको आब २०८०÷०८१ को सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ ।
स्वास्थ्य संस्थाले बर्षभरी प्रदान गरेका सेवा सुविधा, सेवाको गुणस्तरीयता, भौतिक तथा प्रशासनीक अवस्था, महत्वपूर्ण उपलब्धि, बार्षिक आय–ब्यय तथा समस्या र चुनौतिका बिषयमा संचार माध्यमको सहजीकरणमा सामाजिक लेखा परिक्षण गरिएको स्वास्थ्य संस्थाका प्रमुख सुर्य नारायण यादवले जानकारी दिए ।
रेडियो साझा आवाज गढवाको सहजिकरणमा भएको सो कार्यक्रममा सहजकर्ता तथा रेडियोका प्रबन्ध निर्देशक दुखहरण यादवद्वारा स्वास्थ्य संस्थाले लिएको वार्षिक लक्ष्य,मुख्य मुख्यउ उपलब्धिहरु, भौतिक पूर्वाधार र प्रशासनिक अवस्था,मानव संसाधन तथा सेवा प्रवाहको गुणस्तरीयता,नेपाल सरकारद्धारा वितरण गरिने निःशुल्क औषधीहरु, वालवालीका लक्षित खोप कार्यक्रम,२४ घण्टे प्रसुती सेवा,सुरक्षित गर्भपतन तथा किशोरी लक्षित कार्यक्रम,महिला स्वास्थ्य स्वयंसेविकाहरुबाट भए गरेका कामहरु,क्षयराोग नियन्त्रणमा गरिएका पहलहरु, बहिरंग सेवा तथा सुत्केरीहरुलाई प्रदान गरिदै आएको निःशुल्क एम्बुलेन्स सेवा आदिको तथ्यांगत बिवरण सहितको सामाजिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त,गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने,नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाका सभापति दयाराम यादव,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठक र स्वास्थ्यचौकी प्रमुख सुर्य नारायण यादव लगायतले बोलेका थिए ।
सो अवसरमा स्वास्थ्य संस्थाले बर्षभरी गरेको आय–ब्ययको समेत लेखा जोखा र प्रस्तुती गरिएको थियो । कार्यक्रममा स्वास्थ्य संस्थाले चालु आबमा आकस्मीक सेवा सञ्चालन गर्ने,फार्मेसी सेवा सहित ल्याब र एक्सरे को स्तरीकरण गर्ने,नागरीक वडापत्र र कार्यरत सबै कर्मचारीहरुको चार्ट बनाएर अस्पताल परिसरमा टाँस गर्ने,औलो तथा एचआईभि पोजेटिभ चेकजाँचकालागि औजार तथा सामाग्रीहरुको ब्यवस्थापन गर्ने,अद मयतक कार्यक्रम लागु गर्ने,च्च्त् टिम गठन गर्ने,नेपाल सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिहरुको सर्वसाधारण नागरिकले बुझ्न सक्ने भाषमा डाटा बनाएर टाँस गर्ने,लेखा परिक्षण कार्यमा एकरुपता ल्याउन गाउँपालिकालाई अनुरोध गर्ने र संस्थागत दिगो ब्यवस्थापनको कडीलाई थप मजवुत पार्न सुत्केरीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा सामाजिक परिक्षण लगायतका कार्यहरुलाई निरन्तरता दिने बिषयमा सहभागीहरुबाट आएका सुझाव आगामी आर्थीक बर्षमा कार्यान्वयन हुनेगरी सामाजिक लेखा परिक्षणको क्रममा प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ ।
सामाजिक लेखा परिक्षण कार्यक्रमको सहजीकरण पत्रकारहरु शिबराज पन्थी र दुखहरण यादवले गरेका थिए । गढवा स्वास्थ्य चौकीमा गढवा गाउँपालिकाले २४ घण्टे आकस्मिक सेवा सञ्चालन गर्न भनि २ मेडिकल अधिकृत सहित १५ जना थप स्वास्थ्यकर्मिको ब्यवस्थापन गरिसकेको र दशैं लगत्तै सेवा सुचारु गरिने गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल)ले जानकारी दिए ।
