ओमप्रकाश गुप्ता मंगलबार, आश्विन १५, २०८१

दाङ । पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले आफ्नो ४३ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर – ५ प्रगतिनगर सिसहनियाँ निवासी विष्टले आफ्नै वडाको लठ्ठहवा र पहरुवाका ३ जना पशुपालक किसानको घरमा पुगेर बाख्रा र भैंसीको उपचार गरेर आफ्नो जन्म दिन मनाएका हुन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै विष्टले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत पशुपालक किसानको घरमा एकाविहानै पुगेर बाख्रा र भैसीको उपचार गरेर जन्म दिन मनाएका हुन् ।

त्यस्तै जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, विष्टले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता रचनात्मक काम गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि रचनात्मक कार्यक्रम गरेर जन्मदिन मनाउन सुझाब दिएका छन् । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने विष्टले बताएका छन् । विष्ट नेपाल पारा भेटेनरी एसोसियसनका केन्द्रिय सदस्य र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका उपसचिव हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]