
Gfs
sbs
Pbu
Sgr
cjs
Unsku
pku
Pes
Lnp
Rgp1
Rgp
Djs
Ggp
Srbpu

Rsb
Hal
Sls
Rgs
Ksm
Ggd
Sbs
Bbu
Asm
Pvg
Bbbpu
nsb
Gst
Tsm
Rgu
Rgu
Ssm
Wsp
Vor

bbt
Mks
Gsb
Pls
Jmb
Rmb
Syp
sab
Jmb
Ptm
Abd
Bml
Rpp
काठमाडौँ । पछिल्लोपटक देशभर ४ सय ७० जना डेंगु सङ्क्रमितहरु थपिएका छन् ।
देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । यो तथ्याङ्क गत मध्ये माघयताको रहेकोे छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७७ मध्ये हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । यस्तै,तनहुँ र कास्कीमा ५ सय बढी डेंगु सङ्क्रमित फैलिएको छ । तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमण भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
त्यस्तै डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने चिकित्सकहरुले सुझाब दिएका छन् ।
