
Lnp
Pbu
cjs
Djs
Rgp1
pku
Rgp
Unsku
sbs
Srbpu
Gfs
Sgr
Pes
Ggp

Sbs
Rsb
Tsm
nsb
Bbu
Sls
Rgu
Ksm
Ssm
Gst
Hal
Wsp
Ggd
Rgs
Pvg
Bbbpu
Vor
Rgu
Asm

bbt
Rmb
Jmb
Gsb
Syp
Pls
Jmb
Bml
sab
Rpp
Mks
Ptm
Abd
काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका वडा नम्बर ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालकि मृत्यु भएको हाे ।
मंगलबार अस्पतालमा बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पाैडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियाे । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।
त्यस्तै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताएका छन् ।
यता मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा रहेका छन् ।
