
Gsbus
Ddh
Sys
smb
gms
Asm
Rus
jms
Ppu
sks
Rg-9
jmb
Bpb
Ssbus

bmj
Gg1
Dps
Ln8
kbs
cks
Ln7
Usb
Tsb
Ssb
Ln1
Ln3
Ln9
Gg5
Asm
bml
Gsb
Hl1
Ln2
Sbs

ptl
Gg6
Gg3
Snk
Jpb
Sml
Rss
Ksb
Nps
Bpb
Jab
Gg4
Sab
Gjl
Gg2
Rgu
Sbs
काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका वडा नम्बर ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालकि मृत्यु भएको हाे ।
मंगलबार अस्पतालमा बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पाैडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियाे । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।
त्यस्तै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताएका छन् ।
यता मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा रहेका छन् ।
