
Rgp
Unsku
Ggp
Rgp1
Lnp
Sgr
Srbpu
Pbu
pku

Ssm
Hal
Gst
Pvg
Wsp
Rgu
Rsb
Tsm
Sls
Vor
Bbbpu
nsb
Rgs
Sbs
Bbu
Ksm
Asm
Rgu
Ggd

Gsb
Jmb
sab
Rmb
Mks
Syp
Jmb
Rpp
Abd
Bml
Pls
bbt
Ptm
दाङ। देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बौद्ध विहारको आइतबार शिलान्यास गरिएको छ ।
विहारको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले एक कार्यक्रमका बीच सो सामुदायिक वनको ३ विगाह क्षेत्रफलमा निर्माण हुन लागेको बाैद्व विहारको शिलान्यास गर्नु भएको हो । नेपाल मगर बौद्ध सेवा समाज दाङ क्षेत्र नम्बर १ का अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष मिनबहादुर ठेडी मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको विहारको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि मास्कीले शान्ति बौद्ध विहारले शान्तिको केन्द्रको रूपमा विकास हुने बताउनु भएको छ ।
संविधानमा उल्लेखनित सवै धर्म, संस्कृतिलाई आफुले समान तरिकाले हेर्ने बताउँदै मन्त्री मास्कीले शान्ति विहारले विश्व शान्तिका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी,नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष शंकर गाहा मगर समाजका केन्द्रीय सदस्य बलभद्र कुसारी मगर, लमही आँखा अस्पतालका प्रशासन प्रमुख शमशेर थापा,नेपाल मगर बौद्ध सेवा समाजका लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र पुन मगर,नेपाल मगर संघ गढवाका अध्यक्ष आईबहादुर घर्ती मगर,गोवरडिहा सामुदायिक वनका अध्यक्ष शिव यादव लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाल मगर बौद्ध सेवा समाज दाङ क्षेत्र नम्बर १ का सचिव तथा निर्माण समितिका सल्लाहकार खुमबहादुर गाहामगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन नेपाल मगर बौद्ध सेवा समाज दाङ क्षेत्र नम्बर १ का कोषाध्यक्ष तथा निर्माण समितिका सल्लाहकार रामबहादुर घर्ती मगरले गर्नु भएको थियो ।

