
Sgr
Srbpu
Lnp
Rgp1
Unsku
pku
Rgp
Ggp
Pbu

Vor
Sbs
Gst
Rgs
Ksm
Tsm
Rsb
Sls
Ssm
Bbu
Hal
Bbbpu
Rgu
Asm
Wsp
Ggd
Pvg
nsb
Rgu

Abd
Rpp
Gsb
sab
Bml
Rmb
Syp
Jmb
Ptm
Mks
Pls
Jmb
bbt
दाङ । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाको आयोजनामा शुक्रबार गढवामा अन्तर पालिका स्तरीय स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
हिन्दु स्वयंसेवक संघ नेपाल गढवाका अध्यक्ष केशवराम यादवको सभापतित्व तथा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक बेद प्रकाश जीको प्रमुख आतिथ्य तथा स्कोन बुटवलका अध्यक्ष कोमल शर्माको बिशिस्ट आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै हिन्दु स्वयंसेवक संघ नेपालका दाङ जिल्ला संयोजक किशोरचन्द गौतमले स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० स्वामी विवेकानन्दको नाममा हाम्रा संस्कार, हाम्रो संस्कृति, हाम्रो माटो र हाम्रो गौरव चिन्हाउने परिक्षा भएको बताउनुभयो। विद्यार्थीहरुको लागि यो प्रतियोगिता एक सुन्दर अवसर भएको बताउनुभयो। संयोजक गौतमले हिन्दु स्वयंसेवक संघ नेपालको बारेमा जानकारी गराउदै राष्ट्र लाई उज्यालो पार्न सुर्यको किरण झै एक एक बत्ति बल्न आवश्यक रहेको र सबै बलेको बत्तियेक ठिक्का हुने समय आएको बताउनु भयो। हिन्दु स्वयंसेवक संघ नेपाल कुनै पण्डित, शिक्षित बर्गहरुको मात्र नभई गरिव किसान मजदुर लेबर मिस्त्री सबैको साझा भएको बताउनुभयो।
जनता माध्यमिक विध्यालय गढवाको प्राङगणमा सम्पन्न स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगितामा गढवा र राजपुर गाउँपालिकाका हिन्दु स्वयंसेवकहरुको बाक्लो उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा गढवा र राजपुर गाउँपालिकाका विभिन्न सामुदायिक तथा निजि विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।
सम्पन्न स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० मा जनज्योति माध्यमिक विद्यालय बेलाकी प्रेजिना सुनार प्रथम,शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाकी कल्पना बुढा मगर द्वतिय र राप्ती साउथर्न मा वि रामनगरका शिवम् यादव तृतीय र जनज्योति माध्यमिक विद्यालय बेलाका श्रवण यादव चतुर्थ स्थान हाँसिल गर्नु भएको हो।
प्रथम, द्वितीय, तृतीय, र चतुर्थ स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई नगद १२, ८, ५ र ३ हजार दिई पुरस्कृत गरिएको थियो।भने २३ जनालाई सान्त्वना स्वरूप नगर १००० रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा प्रथम , द्वितीय ,तृतीय र चतुर्थ स्थानमा समान अङ्क भएकोले गोला प्रथाबाट विजेता छानिएको थियो।
त्यस्तै हिन्दु स्वयंसेवक संघ नेपाल गढवा समितिका सचिव गोबिन्द वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण हिन्दु स्वयंसेवक संघ नेपाल गढवाका सदस्य चेतनाथ पौडेलले गर्नु भएको थियो ।


