Sidha Patra बुधबार, आश्विन ०३, २०८०

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि वाइसीएल तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ।

जनतासंग माओबादी विशेष रूपांतरण अभियान अन्तर्गत मुस्लिम मुक्ति मोर्चा नेपाल नगर समिति भेला कृष्णनगरमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मंत्री महेश्वर गहतराज ( अथक), विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश का पूर्व सामाजिक विकास मंत्री सुदर्शन बराल,अतिथिमा केन्द्रीय सदस्य तथा पूर्व मंत्री वकील अहमद मुसलमान, केन्द्रीय सल्लाहकार समिति सदस्य एहसान अहमद खान, लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलि, कपिलवस्तु जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बिष्णु बेल्वासे, कपिलवस्तु जिल्ला सचिव हजरत अली, नेकपा माओबादी केन्द्र शिवराज नगर कमिटी अध्यक्ष, विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खां, सहीद परिवारका मुन्ना, कर्म हुसेन लगायत अन्य रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले सदियौं देखि पछाडि परेका समुदायको अधिकारका लागि माओबादी पार्टीले गरेको संघर्षले आज मुस्लिमको हक अधिकार संविधानमा लेखिएको बताए।
कार्यक्रममा बोल्दै पूर्व मंत्री बरालले यदि नेकपा माओबादी केन्द्र पार्टी कमजोर भयो भने संविधानमा लेखिएको अधिकार पनि कार्यन्वयन हुन नसक्ने अवस्था आउन सक्छ।

कार्यक्रममा बोल्दै विष्णु बेल्बासेले माओबादी केन्द्र का साथी हरू जनताको बिचमा सधै रहि जनताको हक अधिकार दिलाउन यथासम्भव प्रयास गरिरहनु पर्ने बताए । कार्यक्रममा बोल्दै वकील मुसलमानले जनता आज माओबादी पार्टी नयाँ ढंगले आएको भन्ने बुझ्न थालेका छन्। कार्यक्रममा बोल्दै एहसान अहमद खाले गरीब जनताको साथमा नेकपा माओबादी केन्द्र रहने बताए । कार्यक्रममा बोल्दै हजरत अलीले पार्टीका साथी मिलेर जनता लाई जागरूक गराएर अगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताए । कार्यक्रममा बोल्दै निर्दोश अलीले मुस्लिम समुदायको हक अधिकार मात्र माओबादी केन्द्रले दिलाउन सक्ने तथा मुस्लिम आयोग, मदरसा बोर्ड गठन गर्न,इद, बकर ईदमा सार्वजनिक बिदा माओबादी केन्द्रले नै पहल गरेको बताए।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खा नेपालीले नेकपा माओबादी केन्द्र सधै जनताको हकहीतमा काम गर्ने, माओबादी ले नै सबैको अधिकार दिलाउन निरन्तर लागेको तथा लागि रहने, तथा प्रत्येक परिवारमा माओबादी केन्द्रको एजेण्डा पुर्याउनु पर्ने बताउदै आज देश माओबादी कै ऐजेण्डामा चलिरहेको बताए।

कार्यक्रममा साहिद खानले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सहिद परिवार लाई सम्मान समेत गरिएको थियो। उक्त कार्यक्रममा आज विभिन्न पार्टी परित्याग गरि करिब दुई सय जना भन्दा बढी नेकपा माओबादी केन्द्र पार्टीमा प्रवेश गरेको नगर अध्यक्ष जाबेद आलम खाले जानकारी दिए। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहुद खा नेपालीले कार्यक्रम संचालन गरेका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]