दिनेश रैदाश आइतबार, भाद्र ३१, २०८०

दाङ । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ ! ऐतिहासिक तीन अभियान सफल पारौ भन्ने मुल नाराका साथ पार्टीले असोज महिना भरी संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना घोराही उपमहानगर समितिले तर्जुमा गरेको छ ।

कम्युनिस्ट पार्टी स्थापना भएको ७५ बर्ष पूरा भएकोले हिरक जयन्ती,लेनिनको मृत्यु भएको १ सय बर्ष पुगेकोले लेनिन स्मृति सताब्दी दिबस र नेकपा मसालको नबौ महाधिवेशन सहितका महत्त्वपूर्ण तीन अभियान नै ऐतिहासिक तीन अभियान भएको नगर सचीव रामप्रसाद पोख्रेल ले बताउनु भयो । उक्त अभियान अन्तरगतको संगठन निर्माण अभियान घोराही उपमहानगरलाई ६ भागमा बिभाजन गरि हुनेछ । त्यसको लागि ६ ओटै टोलि निर्माण भएको छ । त्यसको सयोजक र इन्चार्ज पनि तय भएको छ । अभियान असोज ६ गते युबा र बिद्यार्थीहरुको नगर स्तरीय बृहत् सम्मेलन गरि उदघाटन गरी महिना भरी संचालन हुने नगर अध्यक्ष मनिराम खनालले बताउनु भएको छ ।

त्यस्तै नगर अध्यक्ष मनिराम खनालको अध्यक्षतामा भएको बिस्तारित बैठकले उक्त कार्यक्रम तर्जुमा गरेको हो । देशमा संघीयता असफल भएको, महङ्गिले सिमा नाघेको,भ्रष्टाचारले देश बदनाम भएको,राष्ट्रघातले सिमा नाघेको,बुर्जुवा दलहरुका कारण राजनीतिमा बितृस्णा जागेको,क्रान्तिकारी आन्दोलनमा स्खलन आएको र यी तमाम समस्यामा राष्ट्रिय जनमोर्चाले मात्र खबरदारी र सचेतना प्रदान गर्दै आएकोले जनजनमा जनमोर्चा,मनमनमा जनमोर्चा,घरघरमा जनमोर्चा बनाउन सम्पुर्ण कार्यकर्ता असोज महिना भरी जनताको घर घरमा पुग्ने कुरा बैठकमा उपस्थिति जिल्ला अध्यक्ष गणेश आचार्यले ले बताउनु भयो । बैठकमा प्रदेश सल्लाहकार सुरेश थापाले अभियानको महत्त्वको बारेमा प्रकाश हाल्दै बिस्तृत प्रशिक्षण मन्तव्य राख्नु भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]