
Sgr
cjs
Ggp
pku
Srbpu
Lnp
Pes
Rgp1
Pbu
Djs
Unsku
Rgp
Ses
Gfs

Gst
Sls
Bbbpu
Ggd
Rsb
Sbs
Vor
Rgu
Ksm
Rgs
Bbu
Asm
Hal
Wsp
Pvg
Tsm
nsb
Rgu
Ssm

Bml
Jmb
Abd
Rpp
Ptm
Pls
sab
Syp
Mks
Rmb
bbt
Gsb
Jmb
दाङ । लमही नगरपालिकाले हालसम्म ६ सय ४ जना अशक्त अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र वितरण गरेको छ । जसमध्य ३ सय ५७ जना पुरुष र २ सय ५६ जना महिला रहेको लमही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जानकारी दिएको छ ।
सरकारले अपांगता भएका व्यक्तिहरुलाई चार किसिमको वर्गीकरण गरेको छ । अति अशक्त अपांगता भएकालाई क वर्गमा राखेर रातो कार्ड, पूर्ण अशक्त अपांगता भएकालाई ख वर्गमा राखेर निलो कार्ड, मध्यम अपांगता भएकालाई ग वर्गमा राखेर पहेंलो कार्ड र सामान्य अपांगता भएकालाई सेतो कार्ड बनाएर परिचयपत्र वितरण गरेको छ । रातो परिचयपत्र प्राप्त गरेका अपांगता व्यक्तिले मासिक ३ हजार ९ सय ९० रुपैयाँ पाउने गरेका छन् भने निलो परिचयपत्र प्राप्त गरेका अशक्त अपांग व्यक्तिहरुले २ हजार १ सय २८ रुपैयाँ मासिक भत्ता पाउदै आएका छन् ।
पहेंलो र सेतो अपांगता परिचय पत्र प्राप्त गरेका व्यक्तिको हकमा निजामती सेवामा र सिक्षा सेवा आयोगमा पाँच प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । त्यस्तै निजामती तथा संस्थानमा अपांगता भएका व्यक्तिलाई सेवा प्रवेशको उमेर हद चालीस वर्ष तोकेको छ भने नेपाल सरकारको सहयोगमा संचालित विद्यालय तथा क्याम्पसमा निःशुल्क स्वास्थ्य जांच, निःशुल्क औषधि उपचार, निश्चित संख्यामा निःशुल्क शैयाको व्यवस्था गरेको छ । सार्वजनिक सडक यातायातमा पचास प्रतिशत भाडामा छुटको व्यवस्था गरेको छ भने आयकरमा पनि पचास प्रतिशत छुटको व्यवस्था गरेको छ ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले अपांग व्यक्तिहरुका लागि राज्यले प्रशंसनीय काम गरेको बताए । शारीरिक अशक्त भएर कतिपय मानिस भोकै बस्न परेको छ, अशक्त भएकै कारण कतिपय मानिस अपहेलित हुनु परेको छ, राज्यले उपलब्ध गराएको भत्ताले उनीहरुलाई बाँच्नका लागि साहस दिएको चौधरीले बताए । त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले राज्यले उपलब्ध गराउदै आएको अपांगता भत्ताले उनीहरुको औषधोपचारमा टेवा पुगेको बताईन । थोरै भएपनि आत्मबल बढाउने काम भएको छ, राज्यले अपांगता भत्तालाई निरन्तरता दिनु पर्छ’– उनले भनिन ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले अपांगता परिचयपत्र नगरपालिकाबाट वितरण भैरहेको जानकारी दिंदै अब वडा तहबाट वितरण गर्न कत्तिको सहज हुन्छ यो विषयमा छलफल गरिने बताए । वडा बाटै वितरण गर्न सकेत अत्यन्तै राम्रो हुन्थ्यो, तर जनशक्तिको अभाव छ त्यस कारण तत्कालको लागि नगरपालिका बाटै वितरण हुन्छ’– श्रेष्ठले भने । शुरुशुरुमा हस्तलिखित हुन्थ्यो सजिलो पनि थियो, अहिले सबै कुरा कम्प्युटरबाट गर्नु पर्छ, सबै ठाउँमा इन्टरनेटको पहुँच छैन, सबै सामान बोकेर लैजान पनि सहज छैन, त्यहि भएर नगरपालिकाबाट अपांगता परिचयपत्र बाड्न बाध्य छौं’– महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मेनका खड्काले भनिन ।
