
Rgp1
cjs
Rgp
pku
Ggp
Srbpu
Lnp
Sgr
Pbu
Gfs
Djs
Ses
Pes
Unsku

nsb
Sls
Asm
Ggd
Sbs
Wsp
Tsm
Gst
Rsb
Ssm
Hal
Rgu
Rgs
Rgu
Bbbpu
Vor
Bbu
Pvg
Ksm

Syp
Mks
sab
bbt
Ptm
Abd
Rpp
Rmb
Jmb
Bml
Gsb
Jmb
Pls
दाङ । लुम्बिनी प्रदेश भित्र रहेको भालुबाङ खानेपानी किटाणु आर्सेनिक रसायन नभएको स्वच्छ,सुरक्षित,सफा,शुद्ध र राप्ती नदीको छेउमा रमणीय बाताबरणमा अबस्थित रहेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ र २ का उपोभोक्ताहरुलाई पुग्ने गरि २०५३ सालमा स्थपित खानेपानी हाल आएर आधुनिकतासंग जोडिएको छ । भालुबाङ खानेपानी सुरुवाती क्रममा घर भाडामा संचालित रहेको थियो भने हाल आएर खानेपानी डिभिजन तथा सरसफाई कार्यालय घोराहीको लगानीमा ४५ लाख बराबरको २ वटा भवन बनिसकेको छ । त्यहीँ भवन २०७९ सालमा निर्मानाधिन नयाँ बसपार्क ३० फिट माथि अबस्थित भवनको समउद्घाटन राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टद्वारा गरिको थियो ।
उक्त खानेपानीमा भालुबाङ र लालमटिया गरि १ हजार ६ सय उपोभोक्ता रहेका छन् । खानेपानीमा आधुनिक खालका इलेक्टि्क मेसिन,ई सेवा बिलिङ, मोबाइल एप्स,सि सि क्यामरा अफिस भवन,पाले २ कोठे भवन ब्यबस्थापन परखाल,तार जाली,पानी सप्लाई ट्याङ्कर र ट्याक्टरको पनि सुबिधा रहेको छ । यसैगरि खानेपानीमा रिजभ ट्याङ्की २ वटा ठुला छन् ।
जस्मा भालुबाङ,पुल्चोकका लागि ५ लाख लिटर ५,६ घण्टामा भरिने खाल्को छ भने पाखापानी र लालमटियमा १ लाखदेखि २ लाख सम्मको ट्याङ्की रहेको छ । त्यस्तैगरि बोर्डिङ ५ वटा छन् भने प्रती सेकेन्ड १६ देखि २० लिटरसम्म फाल्ने,प्रती सेकेन्ड ८ देखि१२ लिटर फाल्ने,प्रती सेकेन्ड ६ देखि १० फाल्ने,प्रती सेकेन्ड फाल्ने १ वटा सिचाईलाई भाडामा रहेको र १ वटा प्रती सेकेन्ड ६,७ फाल्ने पौवा होटललाई भाडामा दिएको समेत भालुबाङ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हस्तबहादुर गुरुङले बताउनु भयो ।
अध्यक्ष गुरुङका अनुसार आपतकाली अवस्था बाउन्डिङ एरियामा पानी नि:शुल्क उपलब्ध गराउने गरिएको छ भने उक्त एरिया बाहेक प्रति किलोमिटर १ हजार शुल्क लिने गरेको र विवाह पाटी शुभ कार्य हुँदा उपोभोक्ता भित्र ६ सय ५० र बाहिर १ हजार लिने गरेको पनि अध्यक्ष गुरुङले बताउनु भयो ।
त्यस्तैगरि भालुबाङ खानेपानीमा ११ जनाको कार्य समिति रहेका छन् । जसको अध्यक्ष हस्तबहादुर गुरुङ,उपाध्यक्ष रेखिराम आचार्य,सचिब गोपाल चन्द,कोषाध्यक्ष चन्द्र प्रसाद आचार्य र सदस्यहरु ऋषिराम शर्मा,ऋषिराम बस्नेत,देउसिङ पुन मगर, कमल ब.कुमाल,सीता पौडेल,भुमी गुरुङ,गङ्गा गिरी रहेका छन् । यस्तै विभिन्न उपसमितिहरु बनाइ काम बाडफाड,मेष,मंच ब्यबस्थापन,जनगुनासो सुनाई गरि ३,३ जनाको सदस्य पनि छन् ।
त्यस्तै १० जना कर्मचारीहरु कार्यलय प्रमुख,मिटर रिडिङ,ट्याक्टर ड्राइभर २ जना,पम्प अप्रेटर, सरसफाई सहयोगी १ जना र पलम्बर २ जना रहेका छन् । भालुबाङ खानेपानीमा नयाँ उपोभोक्ता हुनलाई आवश्यक कागजात संगै विभिन्न शिर्षक मिलाएर १ हजार ६ सय ५० मिटर सहित सदस्यता पाउने सुबिधा रहेको छ भने उपोभोक्ताहरुले १० युनित सम्म १ सय महुसुल प्रति महिना तिर्नुपर्ने त्यो भन्दा युनित बढी चढेमा प्रति युनितको १० को दरले तिर्नु पर्ने ब्य्बस्था रहेको छ ।
यस्तै धारा महसुल तिर्न ३ महिनासम्म पेन्डिङ राख्ने ४ महिनामा चिट्ठी पठाउने ५ महिना पनि महशुल बुझाउन नआएको खण्डमा पानीको धारा कटाउने नियम रहेको छ । त्यसैगरि फेरि बसाईसराईको आधारमा निबेदन लेखेर बाउन्डिङ भित्र त्यहीँ मिटरले नै काम गर्ने गरि नीति नियम भनेको छ भने अरु बाकी खानेपानीको बिधानलाई तेकेर अरु प्रक्रिया गर्नु पर्ने रहेको छ । भालुबाङ खानेपानी लुम्बिनी प्रदेशकै नमुना बनाउनु पर्ने कामहरु बाकी नै रहेको छ जस्मा बाटो पिच गर्नु पर्ने खानेपानी वरपर अझै ब्यबस्थित गर्न बाकी नै छ चुनौतीहरु धेरै रहेको खानेपानी समितिको भनाई छ ।
