
Ksbus
Ksbus
Ggp
Asbus
Lnp
Msbus
Rgp
Ggp
Sdc


दाङ । घोराहीमा बाल क्लव घोराही दाङको आयोजनामा आधारभूत उद्घोषण तालिमको समापन गरिएको छ ।
बालबालिकाको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको तालिमको एक कार्यक्रमका बीच आज नेपाल पत्रकार महासंघ दाङ्ग शाखाको सभाहलमा समापन गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ दाङ्ग शाखाका अध्यक्ष दुर्गालाल केसीले बोल्ने कुरा हामीले घरपरिवार,समाज,बिद्यालय लगायत सवै ठाउँमा बोलेर आफ्ना कुराहरु बुझाउन र सम्झाउन सक्नु पर्छ। बोली व्यवहारलाई क्षमता वृद्धि गर्नका लागी आधारभूत उद्घोषण तालिम, बाल क्लवहरुमा जोडिएर आफूलाई वोल्न सिक्न कहिले पछी हट्नु हुँदैन भन्नु भयाे।
त्यसैगरी आधारभूत उद्घोषण तालिमलाई प्रशिक्षार्थी बालबालिकाहरुलाई कार्यक्रममा बोल्ने, सम्वोधन गर्न प्रयोगात्मक तरिकाले सवै बालबालिकाहरुलाई अगाडी बोलाएर पालैपालो बोल्न लगाउनु भएको थियो।
प्रशिक्षक प्रमोद धितालले आधारभूत उद्घोषण तालिमको उद्देश्य बारे वोल्दै हाम्राे समाज हामीले सोचेको जति सजिलो छैन । बालबालिकालाई जोगाउन सचेत गराउन सबै भन्दा ठूलो भूमिका अभिभावक र शिक्षकको रहेकाे हून्छ ।बालबालिकाले वर्तमान समयमा के सिके रहेकाे छन। बालबालिका क्षमता वृद्धि गर्न, बोलीचालीको महत्त्व लगायतका वारेमा प्रशिक्षण दिनू भएको थियो।
यस्तै समापन कार्यक्रममा उपस्थित अभिभावक र प्रशिक्षार्थीहरु लगायतले बोल्नुभएको थियो । बाल क्लवको अध्यक्ष मेधावी बुढाथोकीले सहजिकरण गर्नुभएको थियो । तालिममा २५ जना जति प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।
