
Unsku
Rgp
Pbu
Pes
cjs
Sgr
Lnp
Srbpu
pku
Djs
Ggp
Rgp1
Ses
Gfs

Wsp
Asm
Ggd
nsb
Ssm
Bbbpu
Gst
Rgs
Rgu
Rgu
Pvg
Vor
Tsm
Sbs
Hal
Ksm
Rsb
Sls
Bbu

Bml
sab
Rpp
Jmb
bbt
Syp
Abd
Rmb
Jmb
Pls
Ptm
Mks
Gsb
काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी, मधेस र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
